Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

वर्तमान सरकार भ्रष्ट र निरंकुश बन्याे: श्रेष्ठ

माओवादीका त्रुटी र कमजोरी भए त्यसलाई रुपान्तरण गर्छाैँ

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार भ्रष्ट र निरंकुश बन्दै गएको बताएका छन् ।

माओवादी केन्द्रको मध्यपहाडी जागरण अभियान अन्तरगत बागलुङको गलकोटमा आयोजित जनसभामा सम्बोधन गर्दै श्रेष्ठले सरकारल नेकपा एमाले र काँग्रेस मिलेको बनेको सरकारले जनताको काम भन्दा पनि भ्रष्ट बन्दै गएको आरोप लगाएका हुन् ।

श्रेष्ठले अहिललेको सरकार भ्रष्टचारलाई रक्षा गर्न र प्रोत्साहन गरेको हुँदा जनतको हितमा कुनै पनि काम गर्न नसकेको बताए ।  ‘सरकारको अहिलेको व्यवहारबाट नै पुष्टी भएको छ, प्रधानमन्त्री केपी ओली आफै विभिन्न कार्यक्रममा प्रचण्ड सरकार नढालेको भए हामी जेलभित्र कोचिने थियौं भनेर श्रेष्ठले भने,–कानुनको डण्डाबाट बच्नका लागि अहिलेको सरकार बनेको हो । यो सरकार जति रहन्छ देशमा त्यति समय नै राष्ट्रियता र सुसासन खतरा तिर जान्छ सवै काम जनताको हित विपरित हुन्छ ।’

उनले सरकारको यो गलत  क्रियाकलापले नेकपा माओबादी केन्द्रले देशव्यापी नै जनतासँग जागरण अभियान संचालन गरेको बताए । उनले काँग्रेस एमालेलाई सच्चिन आग्रह मात्र हैन खबरदारी नै गरेका थिए । ‘हामीले आम जनतालाई फेरी के स्मरण गराउन चाहन्छौं कि काँग्रेस र एमालेको यथास्थिती बादी प्रबृतिले प्रतिगामी शक्ति सक्रिय भएको छ यदी सच्चिदैन भने हामी खबरदारी गर्ने छौं  श्रेष्ठले भने ।’

श्रेष्ठडले नेकपा माओवादीका पनि केही त्रृटी र कमजोरी भएको र त्यसलाई रुपान्तरण गरेर अगाडी बढ्ने बताए । उनले माओबादीले हामी आत्मआलोचना गरेर अभियानमा आएको र नयाँ सास्कृतिक क्रान्ति बोकेर जनतासँग जोडिएको बताए।

‘पार्टीमा व्यक्तिवाद र गुटबादको अन्त्य गर्नेछौं । दलित महिला, मधेशी सवैलाई समावेशिताका आधारमा हामीले हेर्नेछौ । जसले पार्टी बनाउन यहाँ सम्म योगदान गरेको छ । यो रुपान्तरण र पुर्न गठन गर्न तयार छौं । श्रेष्ठले भने,–‘सहिद परिवार वेपत्ता परिवार, श्रमिक सँग जनप्रतिनिधि सँग हामी पुगेर  सुझाव मागेका छौं ।

हाम्रा कमजोरीहरु हामीले सच्चाउने छौं । हामीले संघर्ष गर्नुपर्दछ । जनताको सुझाव र मार्गनिर्देशन लिने अभियान हो । यो अभियान । हामी सरकारमा गएपश्चात पुरा गर्नेछौं । 
उनले गलकोटलाई इलाका प्रशासन गराउने भन्ने कुरा छलफल भयो तर बन्न नसकेको र आफु गृहमन्त्री हुँदा पहिलो प्राथमिकतामा राखेपनि अर्थमन्त्रालयलय बजेट नछुटिएका कारण त्यो काम हुन नसकेको बताए । 

श्रेष्ठले संविधानसभाबाट नेपालको इतिहासमा पहिलो पटक जारी गरेको संविधानमा संस्थागत गरिएको छ र त्यसलाई संस्थागत गरेको संविधानमा कार्यान्वयन गर्नका निम्ती जनता सँग राय माग्न यो अभियान रहेको बताए । उनले जनताले चाहेको पहिलो संकल्प र प्रतिबद्धता यस अभियान मार्फत ती आम श्रमिक जनतालाई उत्पीडित वर्ग र समुदायलाई आम नेपाली जनताको अगाडि हामीले संकल्प गरेको र प्रतिबद्धता जनाउन खोजेको कुरा के हो भने जनता माझ आएको बताए । 

वैज्ञानिक क्रान्तिको रणनीतिक उद्देश्य वैज्ञानिक समाजवाद स्थापित गर्ने गरि छाड्ने संकल्प र प्रतिबद्धता यहाँहरु समक्ष पार्टीको तर्फबाट म व्यक्त गर्न चाहन्छु। श्रेष्ठले भने,–‘ हामिले वैज्ञानिक समाजवाद स्थापित गर्ने लक्ष्य पूरा गरी छाड्छौ त्यसबाट हामी विचलित भएका छैनौं । पहिलो हाम्रो संकल्प र प्रतिबद्धता यो ।

अभियानमा अध्यक्ष प्रचण्ड सहित नेताहरु देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुषास, दिननाथ शर्मा, कृष्णबहादुर महरा, अग्नि सापकोटा लगायतका नेताहरु रहेका छन । नयाँ पत्रिकाबाट साभार: सम्पादक 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending