कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का करिब पाँच सय कृषक व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । वर्षैभरि तरकारी उत्पादन हुने पकेट क्षेत्रको रूपमा चिनिएको यस ठाउँमा मलको चरम अभाव रहेको छ ।
रामघाट कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णमोहन केवटले नगरपालिकाले हालै वितरण गरेको मलको कोटा अत्यन्त न्यून रहेको बताए । उनले भने, "एक पटकमा सात बोरा डिएपी र युरिया अनी ४ बोरा पोटासको कोटा छ । तीनदेखि २२ कट्ठासम्म खेती गर्ने ५ सय कृषक छन् । यस्तो न्यून परिमाणमा मल आएपछि कसरी बाँड्ने ? बाँड्न नमिल्ने हिसाबले मल आउने हुँदा कृषकहरूबाट गाली खानुपर्छ ।"
आइतबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरूको अनुगमन भ्रमणका क्रममा कृषकहरूले एक स्वरमा मल अभाव, सिँचाइको कठिनाइ र बजार व्यवस्थापनमा समस्या रहेको गुनासो गरे । सिजनको समयमा भारतीय तरकारीको आयातले गर्दा स्थानीय उत्पादनको मूल्य घट्ने र लागत मूल्यभन्दा कममा बेच्नुपर्ने अवस्था आउँछ । हाल टमाटर र बन्दा गोभी बिक्रीमै समस्या भइरहेको समस्या समितिसँग राखे ।
समितिका सदस्य वीरबहादुर बलायरले तीन रुपैयाँ केजीमा पनि तरकारी बिक्री नभएपछि बजार व्यवस्थापन गम्भीर समस्या देखिएको बताए । "तरकारीको पकेट क्षेत्र भए पनि सिँचाइको व्यवस्था कमजोर छ । जमिनमुनिको पानीको सतह झर्दै गएकाले स्यालो ट्युबवेल जडान गर्न समेत कठिन भएको छ । यो विषयमा समितिको बैठकमा छलफल हुनेछ," उनले थपे ।
प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी, रञ्जिता श्रेष्ठ, रुपा सो.शी. (चौधरी), अनिता नेपाली, अशोक चौधरी, बिजुला रायमाझी, मिना तामाङ, सूर्यकुमारी श्रेष्ठ तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक बैकुण्ठ अधिकारीसहितको टोलीले धान, तरकारी र माछा उत्पादन गर्ने कृषकहरूसँग प्रत्यक्ष भेटघाट गरी समस्या र उपलब्धिहरू सुनेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: