Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

रौतहटमा आगलागीबाट २ करोडको क्षति

खबरडबली संवाददाता

रौतहट । रौतहटको छुटाछुटै दुई स्थानमा भएको आगलागीबाट झन्डै दुई करोडको धनमाल जलेर नष्ट भएको छ । जिल्ला सदरमुकाम गौर र भारतीय सीमासँग जोडिएको बौधिमाई नगरपालिका कोपवा गाउँमा भएको आगलागीबाट उक्त क्षति भएको हो ।

बौधिमाई नगरपालिका ५ कोपवा बस्ने धर्मेन्द्र जैसवालको ३ तल्ले पक्की घरको अन्डर ग्राउन्डमा रहेको गोदाम घरमा गएराति साढे ८ बजे अचानक विद्युत तार सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट गोदाममा रहेको १ करोड मूल्य बराबरको कपडा र चप्पल, १ थान मोटरसाइकल, ३ तल्ले घर गरी कुल १ करोड ७६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताए । घटनाको खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय कोपवा पिपरीयाबाट वरिष्ठ सई कुमार सेढाईको कमान्डमा गएको टोली, गौर नगरपालिकाको दमकल, बौधीमाईको दमकल र गाउँलेको सहयोगमा राति ९ बजे आगलागी नियन्त्रणमा आएको थियो । घटनामा मानवीय क्षति भने हुन पाएन ।

त्यसैगरी गएराति ९ बजे गौर कबिर चोक स्थित स्थानीय कृष्णनन्दन पेटलको बास र खरले छाएको कच्ची घरमा अचानक  आगलागी भएको थियो । आगलागीबाट ४ लाख बराबरको कच्ची घर, बनाउन राखेको ५ थान मोटरसाइकल, पानी तान्ने मोटर १ थानलगायत २१ लाख  बराबरको समान जलेको प्रवक्ता तथा डीएसपी दीपक कुमार रायले जानकारी दिएका छन् ।

दुवै घटनामा १ करोड ९७ लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । तराई मधेशमा गर्मियाम सुरु हुनासाथ आगलागीको घटनामा वृद्धि भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending