Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

पाल्हीनन्दन गाउँपालिकाले ल्यायो ५१ करोड १२ लाखको बजेट

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५१ करोड १२ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

गत वर्ष समयमै बजेट प्रस्तुत गर्न नसकेको गाउँपालिकाले यस वर्ष भने असार १० गतेअघि नै २१औँ गाउँसभा मार्फत नीति तथा कार्यक्रम र र अनुमानित आय व्यय सार्वजनिक गरेको हो ।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीले आगामी आर्थिक वर्षका लागि ५१ करोड १२ लाख रुपियाँको बजेट प्रस्तुत गरे।

प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ३२ करोड २५ लाख रुपियाँ र पुँजीगत खर्चतर्फ १८ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।कुल बजेटमध्ये पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा बढी १६ करोड ९० लाख रुपियाँ विनियोजन गरिएको छ।

यस्तै, सेवा प्रवाह तथा सुशासनका लागि छ करोड ५० लाख, सामाजिक विकासतर्फ पाँच  करोड ५० लाख, आर्थिक विकासका लागि  तीन करोड १० लाख तथा विपद् व्यवस्थापनका लागि एक करोड २५ लाख रुपियाँ छुट्याइएको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १९ करोड २२ लाख रुपियाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड ३४ लाख, सशर्त अनुदानतर्फ २१ करोड छ लाख, राजस्व बाँडफाँडतर्फ नौँ करोड ८० लाख तथा समपूरक अनुदानतर्फ ३० लाख रुपियाँ प्राप्त गर्ने अनुमान गरेको छ।

साथै, आन्तरिक स्रोतबाट ८८ लाख रुपियाँ राजस्व सङ्कलन हुने अपेक्षा गरिएको छ ।त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ७८ लाख ९० हजार, राजस्व बाँडफाँडतर्फ एक करोड ७४ लाख तथा समपूरक अनुदानतर्फ ७० लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षको बैङ्क मौज्दात तीन  करोड ५० लाख रुपियाँ रहेको  गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले यस वर्ष समयमै नीति तथा कार्यक्रम तथा बजेट ल्याएर विगतमा देखिएको ढिलासुस्ती सुधारिएको बताए।

सेवा प्रवाह र सुशासनका क्षेत्रमा गाउँपालिकाले महत्वपूर्ण काम गर्दै आएको उनको भनाइ छ ।गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’ले गाउँपालिकाका सबै जनप्रतिनिधि एकजुट भएर समग्र विकासमा केन्द्रित रहेको बताए। 

जनअपेक्षालाई सम्बोधन गर्ने तथा उपलब्ध साधन–स्रोतको अधिकतम उपयोग सुनिश्चित गर्ने गरी नीति, कार्यक्रम र बजेट तयार गरिएको उनले उल्लेख गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न सांसद मल्लको आग्रह

काठमाडौँ। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्री वालेन्द्र साहको विवादास्पद अभिव्यक्ति र सत्ताको दुरुपयोगलाई लिएर सर...

संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालय बोलाएर धम्क्याउने काम भयो: कांग्रेस

काठमाडौं । विपक्षी दलका सांसदहरूले आज पनि बालेन शाहको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै संवैधानिक पदाधिका...

सुनसरीबाट २०.१७ ग्राम ब्राउन सुगरसहित चार पक्राउ

इनरुवा । सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प...

खोलामा नुहाउन गएकी वृद्ध मृत फेला

कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित गुडरुङ खोलामा नुहाउन गएकी  ८० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा बुद्धभूमि न...

राप्रपा कार्यालय खाली गर्न राजेन्द्र लिङ्देनलाई राजभण्डारीको ३५ दिने अल्टिमेटम

काठमाडौं । राप्रपाका पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारी ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लाई पार्टी कार्यालय रहेको आफ्नो घर ३५ दिनभित्र खाली गर्न अ...

पाल्हीनन्दन गाउँपालिकाले ल्यायो ५१ करोड १२ लाखको बजेट

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५१ करोड १२ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। ...

मुस्ताङमा आहारा प्रजाति बन्यजन्तुको गरिदैछ सर्वेक्षण

मुस्ताङ। मुस्ताङमा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न आहारा प्रजातिको बन्यजन्तुको सर्वेक्षण सुरू गरिएको छ । पछिल्लो बर्षमा शिकारी प्रजातिका...

दुर्घटनामा घाइते तनहुँका एक युवकको मृत्यु

तनहुँ। दुर्घटनामा घाइते भएका तनहुँका एक युवकको मृत्यु भएको छ । व्यास नगरपालिका वडा ४ निवासी अरुण न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...

तीनै तहको सरकारसँग सहकार्य गर्दै स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित छ: श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...

भारतको नयाँ मापदण्डका कारण इलामका चिया उद्योग ठप्प, सरकार मौन रहेको सांसद राईको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending