काठमाडौं । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दाङ, रुपन्देही, धादिङ लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो ।
दाङको राप्ती गाउँपालिका–५ सिंगेस्थित सडकमा कृष्णनगरबाट घोराहीतर्फ जाँदै गरेको बा.३ ख ७९९६ नम्बरको बस अनियन्त्रित भई शुक्रवार साँझ दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राजपुर गाउँपालिका–६ बस्ने ५७ वर्षीय निल सरोज र अर्की एक महिलाको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
महिलाको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये ५ जनालाई लुम्बिनी सिटी अस्पताल बुटवल र १४ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र ६ जनालाई भालुवाङ अस्पतालमा थप उपचारको लागि रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी दाङको घोराही उपमहानगरपालिका–३ चौपट्टास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री लमही नगरपालिका–६ बस्ने ३७ वर्षीय खगेश्वर रावतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी भइरहेको बताएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ परसपुरवास्थित सडकमा युपि ५५ जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीया राजवन्ती मल्लाहको शुक्रवार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटस्थित सडकमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ६५८ नम्बरको बोलेरो हाल नम्बर नखुलेको टिपर पछाडि ठक्कर खाई गए राति दुर्घटना हुँदा बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका–१ बस्ने ३४ वर्षीय थुलबाबु थिङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई नियन्त्रणमा लिई हाल फरार टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ भुइपुलस्थित सडकमा प्र.२–०३– ००१ ख ०६०७ नम्बरको टिपर र बा.०१–०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठक्कर खाई शुक्रवार दिउँसो दुर्घटना हुँदा कार चालक सर्लाही घर भएका ५० वर्षीय जित नारायाणप्रसाद साह र कारमा सवार सर्लाही बरहथवा नगरपालिका–१५ हजरिया बस्ने ४६ वर्षीय नारायण हरि शर्माको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रसूति अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: