Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

लहानमा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

खबरडबली संवाददाता

लहान । सिराहाको लहान नगरपालिका २४, गोविन्दपुर स्वास्थ्य चौकीअन्तर्गत कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई वडा कार्यालयले साइकल वितरण गरेको छ ।

नगरकै ठुलोमध्येको मानिने उक्त वडा क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहजताका लागि एक-एक थान साइकल वितरण गरिएको वडा कार्यालयले जनाएको छ । साबिकको गोविन्दपुर मलहन्मा गाविस लहान नगरमा समाहित हुँदा एउटै वडा कायम गरिएकाले साबिकका नौ वडामा काम गरिरहेका नौजना स्वयंसेविकालाई साइकल वितरण गरिएको वडाध्यक्ष रासलाल रायले जानकारी दिए ।

‘वडाको भूगोल ठुलो भएकाले स्वयंसेविकाहरूको सेवा प्रवाहमा सहजता ल्याउन वडाको आर्थिक वर्ष ०८१-८२ को बजेटबाट साइकल दिइएको हो,’ उनले भने, ‘साइकल पाएपछि स्वयसेविकाहरूले आफ्नो जिम्मेवारीको क्षेत्रमा खोप अभियान, मातृ शिशु स्वास्थ्य सेवा, जनचेतनामूलक कार्यक्रम सहज रूपले सञ्चालन गर्न सक्ने अपेक्षा गरिएको छ ।’

स्वास्थ्य चौकी प्रमुखको बिदाइ साइकल वितरण समारोहमा उमेरहदको कारण ४ वैशाखमा अनिवार्य अवकाश पाएका गंगाराम साहलाई बिदाई गरिएको छ । पछिल्लो करिब ६ वर्षदेखि गोविन्दपुर स्वास्थ्य चौकीका प्रमुखको रूपमा कार्यरत साहलाई वडाध्यक्ष रायसहित वडासचिव लखन साह, स्वास्थ्य चौकीका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय बासिन्दाले अबिर, दोसल्ला, खादा, माला लगाइदिएर बिदाइ गरेका हुन् ।

स्वास्थ्य चौकी प्रमुखको रूपमा साहको संयोजनमा प्रदान गरिएको स्वास्थ्य सेवा जनमुखी रहेको स्मरण गर्दै वडाध्यक्ष रायले चौकीमा अपांगता भएका बिरामीहरू, लागुऔषधको दुर्व्यसनमा फसेका युवाहरूको मनोपरामर्श र उपचारमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए । ‘स्वास्थ्य चौकीको प्रमुखको रूपमा सेवा सञ्चालनसँगै समय-समयमा शिविर सञ्चालन गरी विभिन्न संक्रामक तथा गैर–संक्रामक रोगहरूको पहिचान र निदानका लागि निवारणको क्षेत्रमा उहाँको भूमिका र सक्रियता अविस्मरणीय रह्यो,’ उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending