Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

बागलुङमा ज्येष्ठ नागरिकलाई आश्रय दिन निर्माण गरिएको भवन प्रयोगविहीन

खबरडबली संवाददाता

बागलुङ । निर्माण सम्पन्न भएको दुई वर्षसम्म पनि बागलुङ वृद्धाश्रम सञ्चालनमा आउन सकेको छैन । बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माण गरिएको बागलुङ वृद्धाश्रम अझै पनि सञ्चालनमा ल्याउन सकिएको छैन् ।

करिब दुई करोड २६ लाख ५४९ रुपियाँ लागतमा निर्माण गरिएको वृद्धाश्रम सञ्चालनमा ल्याउन नसक्दा आश्रम बाहिर घाँसले भरिएको छ भने भवन व्यवहारिसे जस्तै बनेको छ ।

घरबार विहीन र परिवारबाट हेलत्व भोग्न बाध्य भएका ज्येष्ठ नागरिकलाई आश्रय दिने उद्देश्यले निर्माण गरिएको भवनमा त्यस्ता ज्येष्ठ नागरिक नआउँदा सञ्चालन गर्न नसकिएको बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । 

बागलुङ नगरपालिकाको समन्वय तथा राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थ मन्त्रालयको विशेष अनुदानमा वृद्धाश्रम वृद्धाश्रम निर्माण गरिएको थियो । २०७९ पुस ५ गते निर्माण कम्पनी जुम्ली निर्माण सेवा प्रालिले निर्माण सम्झौता गरी २०८० असार २५ गते सम्पन्न गरेको थियो ।

“नगरपालिकाले हेलाहोचोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिष्कारमा परेका, स्याहारसुसार नपाएकालाई घरमा जस्तै सेवा सुविधासहित आश्रय दिन निर्माण वृद्धाश्रम निर्माण गरिएको हो ।” उनले भने, ‘‘उहाँहरू नआउँदा यसलाई सञ्चालनमा ल्याउन सकेका छैनौँ ।” वृद्धाश्रममा बस्न कोही पनि नआएपछि भवन मानव सेवा आश्रमलाई प्रयोग गर्न दिइने उनको भनाइ छ ।

“मानव सेवा आश्रमको भवन निर्माण भइरहेको छ, भवन नहुँदा उहाँहरूलाई केही समस्या भएको छ ।” नगर प्रमुख श्रेष्ठले भने, “आश्रमको भवन निर्माण सम्पन्न नहुँदासम्म कार्यबिधि बनाएर आश्रमलाई प्रयोग गर्न दिन्छौँ ।” भवन एक तलाको रहेको छ । निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायण गुठीको पाँच रोपनी जग्गामा भवन निर्माण गरिएको हो । ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सा सहित भवनमा २० कोठा रहेका छन् ।

भवनमा शौचालय र स्नानगृहको राम्रो व्यवस्था रहेको छ । भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री र सबै सेवा सुविधा एकै तलामा हुनेगरी भवन निर्माण गरिएको नगरपालिका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए । बागलुङ बजारमा जग्गाको अभाव भएपछि मानव सेवा आश्रम र वृद्धाश्रम दुवैलाई निरयघाटमा रहेको गुठीको जग्गा उपलब्ध गराइएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending