Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

हमास गाजा युद्ध अन्त्य गर्ने कैदी आदान–प्रदान सम्झौताका लागि तयार

खबरडबली संवाददाता

गाजा । हमासले गाजा युद्ध रोक्नको लागि इजरायली बन्धकलाई प्यालेस्टिनी कैदीहरूसँग साटासाट गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको बताएको छ ।

हमासले तत्काल प्याकेजमा वार्ता सुरु गर्न तयार रहेको जनाउँदै प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको गाजाका लागि हमासका प्रमुख खलील अल–हयाले एक भिडियोमार्फत जनाएका छन् । यो प्रक्रिया युद्धको समाप्ति, गाजाबाट इजरायली सेना फिर्ता तथा पुनर्निर्माणको सुरुवात र इजरायली घेराबन्दीको अन्त्यको लागि भएको अल–हय्याले बताएका छन् ।

उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली सरकारलाई नेतन्याहुको ‘युद्ध जारी राख्ने राजनीतिक एजेन्डाको सम्झौतालाई प्रयोग गरेको आरोप लगाउदै हमास यो नीति कार्यान्वयनको हिस्सा नबन्ने’ बताएका छन् । 

इजिप्ट र कतारी वार्ताकारहरूले हमासलाई प्रस्ताव गरेको सम्झौतामा करिब १० जना बन्धकहरूको रिहाइ र अस्थायी युद्धविराम समावेश छ । हमासले विज्ञप्तिमार्फत प्रस्तावको समीक्षा गर्दै आन्तरिक परामर्श पूरा गरेपछि आफ्नो प्रतिक्रिया पेस गर्ने जनाएको छ ।

गत मङ्गलबार भएको इजरायली हमलापछि बुधबार नेतान्याहुको कार्यालयले गाजामा अझै पनि बन्धकहरूको रिहाइका लागि ‘कदम जारी राख्न’ इजरायली वार्ताकारहरूलाई निर्देशन दिएको बताएको छ । इजरायलले हमाससँगको दुई महिने युद्धविरामपछि मार्च १८ मा गाजामा आक्रमण पुनः सुरु गरे देखि एक हजार ६९१ जनाको मृत्यु हुनुका साथै चार हजार ४६४ घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending