बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा बाराको विभिन्न स्थानबाट अवैध लागुऔषध गाँजा बरामद गरेको छ । ३६७ किलो १४० ग्राम अवैध लागुऔषध गाँजासहित एक भारतीय नागरिकसहित पाँचजनालाई पक्राउ गरेको हो ।
जितपुरसिमरा उपमहानगरपालिका– ३ बजनीबाट बिहीबार मध्यरातमा ना.५ख २५०४ नम्बरको मिनी ट्रकलाई चेक जाँच गर्दा १९ वटा पोकामा लुकाएर राखेका ३०५ किलो लागुऔषध गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको मिनी ट्रकसहित ओसारपसार कार्यमा संलग्न तीनजना व्यक्तिसमेतलाई नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ पर्नेमा मकवानपुर जिल्ला कैलास गाउपालिका– ४ बस्ने ३२ वर्षीय ट्रकचालक राजन लामा, सोही स्थानका वडा नम्बर १० बस्ने ट्रकमा सवार २७ वर्षीय जीवन ठोकर र मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका– ३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन रहेका छन ।
त्यसैगरी, बारा प्रहरीले विशेष सूचनाको आधारमा बिहीबार इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरीले बाराको प्रसौनी गाउँपालिका– ४ स्थित खुटवाको एक घरबाट बिक्री–वितरण गर्ने उद्देश्यसहित लुकाइछिपाइ राखेको दुई किलो १४० ग्राम लागुऔषध गाँजासहित ३१ वर्षीय पवनकुमार साहलाई नियन्त्रणमा लिएको छ ।
यस्तै, विशेष सूचनाकै आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले बाराको पचरौता नगरपालिका– १ मुसहरीटोलस्थित मकैबारी हुँदै नेपालबाट भारततर्फ लागुऔषध गाँजा निर्यात हुँदै गरेको सूचनाका आधारमा टाउकोमा बोकी ओसारपसार गर्दै गरेका एक भारतीय नागरिकलाई नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरीले ओसारपसार गर्ने भारतको बिहार प्रान्त मोतीहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनिया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई चारवटा पोकामा रहेको ६० किलो लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: