Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

एआइजीको बढुवा सिफारिसले प्रहरीमा व्यापक असन्तुष्टि

खबरडबली संवाददाता

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालय बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले ६ जना डिआइजीलाई एआइजी बढुवामा सिफारिस गरेको हो । बढुवा सिफारिसमा परेकामा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन् ।

खापुङ, आचार्य र शर्मा हालका प्रहरी महानिरीक्षक दीपक थापाको वैकल्पिक ब्याचका अधिकृत हुन् । नेपाल प्रहरीमा रिक्त ६ जना एआइजी थिए । समितिको यो निर्णय मन्त्रिपरिषदबाट अनुमोदन गरेपछि बढुवा सूचीमा परेकाले दर्ज्यानी चिन्ह पाउने छन् ।

यो सिफारिसमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएको टोली छुटेको छ । सिफारिसमा २०५४ सालमा भर्ना भएको टोलीमा समेत वरियता मिचिएको छ ।  यो टोलीका कार्कीलाई पहिलो वरियतामा बढुवा सिफारिसमा गरिएको छ । दोस्रो वरियतामा रहेका केसीलाई तेस्रो र तेस्रोमा रहेका अधिकारीलाई दोस्रो नम्बरमा सिफारिस गरिएको छ ।

केसी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको अनुसन्धान सुरू गरेका अधिकृत हुन् । उनी यो सिफारिसमा अन्तिम समयमा मात्रै अटाएका छन् । उनलाई बढुवाबाट रोक्ने प्रयत्न भएको थियो । तेस्रो वरियतामा रहेका अधिकारी प्रधानमन्त्री केपी ओलीनिकट थिए । उनलाई दोस्रो वरियतामा तान्दा केसी धकेलिएका छन् ।

‘अधिकारीलाई अगाडि ल्याउने र केसीलाई बढुवामै छुटाउँदा नकारात्मक सन्देश जाने भएपछि अन्तिम समयमा उनलाई सिफारिसमा समेटिएको हो,’ बढुवा समिति स्रोतले भन्यो ।  उक्त स्रोतका अनुसार केसीलाई छुटाएर २०५३ को टोलीबाट सिद्धिविक्रम शाहलाई समावेश गर्न खोजिएको थियो । अन्तिम समयमा तेस्रो वरियतामा चित्त बुझाउन केसी तयार भएपछि बढुवा समितिले सूची निकालेको उक्त स्रोतले बतायो ।

केसीले भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले सचिव टोबहादुर रायमाझीलगायत रहेको ‘गिरोह’को फाइल खोलेका थिए । उक्त प्रकरणपछि राजनीतिक शक्तिकेन्द्र केसीसँग चिढिएको थियो । भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धासमेत रहेको यो बढुवा सिफारिसमा कार्की सबैभन्दा ‘सुरक्षित स्थान’मा छन् ।

२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको टोलीका डिआइजीहरू सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत छुटेका छन् । नेपाल प्रहरीमा विद्यमान तीस वर्षे कार्यकाल कायम रहे हालका प्रहरी महानिरीक्षक दीपक थापा २०८२ भदौ ५ मा अवकाशमा जान्छन् ।

अहिले बढुवा सिफारिसमा परेका खापुङ  भदौ ५ पछि दुई महिना प्रहरी नेतृत्वमा पुग्छन् । आचार्य जेठ र शर्मा भदौमा अवकाशमा जान्छन् । खापुङपछि नेतृत्वमा पुग्ने टोलीको सुनिश्चितता अहिलेको बढुवा सिफारिसले गरेको छ । सिफारिसमा परेका कार्की खापुङपछि प्रहरी नेतृत्वमा पुग्छन् ।

आचार्य र शर्मा अवकाशमा जाँदा २०५३ मा राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएको टोलीका दुई जना एआइजी हुन सक्छन् । तर, कार्कीकै ब्याचमेटका डिआइजीहरू ईश्वर कार्की, दिनेश आचार्य, राजेन्द्रप्रसाद भट्टलगायतले टक्कर दिने सम्भावना छ ।

जेठ र भदौमा एआइजी रिक्त हुँदा राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली छुटे त्यसका सदस्यहरू डिआइजीबाटै अवकाशमा जानेछन् । त्यसकारण राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको टोलीका सदस्य यो सिफारिसले असन्तुष्ट छन् ।

रवि लामिछाने गृहमन्त्री भएकै बेला कार्कीको टोलीलाई वरियता मिचेर बढुवा गरिएको थियो । अहिलेका गृहमन्त्री रमेश लेखकले त्यही बढुवालाई निरन्तरता दिएका छन् । लामिछानेले शाह नेतृत्वको टोलीलाई पाखा लगाएर कनिष्ठ टोलीलाई अगाडि ल्याई बढुवा गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending