Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

सिरियाको पुनर्निर्माणमा सहयोग गर्न यूएई तयार

खबरडबली संवाददाता

दुबई । संयुक्त अरब इमिरेट्स (युएई) ले सिरियाको पुनर्निर्माणमा सहयोग गर्न चाहेको संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपतिले बताएका छन् ।

राष्ट्रपति अबुधाबीमा आइतबार सिरियाका अन्तरिम नेता अहमद अल–शरासँगको भेटमा नाह्यानले युएईले सिरियाको पुनः निर्माणमा सहयोग गर्न चाहेको बताएका हुन् । सिरियाले सङ्क्रमणकालीन चरणका चुनौतीहरूको सामना गर्न र सिरियाको पुनर्निर्माण गर्न, वाम न्यूज एजेन्सीले जनाएको छ ।

सिरियाली विदेशमन्त्री असद अल–शैबानीले शारासँगको भेटपछि भने, “आज महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।” सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा शैबानीले लगानीका क्षेत्रहरू, हवाई यातायातको पुनरुत्थान, र सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धको सुदृढीकरणका बारेमा जानकारी गराएका थिए ।

एक दशकभन्दा लामो गृहयुद्धपछि गत डिसेम्बरमा लामो समयदेखि सत्तामा रहेका बशर अल असदलाई सत्ताच्यूत गर्ने क्रममा भएको फिल्मी शैलीको आक्रमणको नेतृत्व गरेपछि शाराले आफ्नो देशका लागि खाडी राष्ट्रहरूसँग सहकार्यको लागि हात बढाएका छन् । तर विद्रोहीहरूले असदलाई सत्ताच्युत गरेको केही दिनपछि युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गाशले सिरियाका नयाँ शासकहरूको इस्लामवादी संलग्नतालाई सरकारले ‘निकै चिन्ताजनक’ महसुस गरेको बताएका थिए ।

सिरियाको सरकारी समाचार संस्था सानाका अनुसार गत जनवरीमा शाराले युएईका राष्ट्रपतिसँग फोनमा सम्बन्ध प्रगाढ बनाउने विषयमा कुराकानी गरेका थिए । “सिरियाको स्थिरता र सुरक्षा व्यवस्था समग्र क्षेत्रको हितमा छ,” युएईका राष्ट्रपतिलाई उद्धृत गर्दै आइतबार समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

उनले आगामी दिनमा सिरिया र त्यहाँका जनतालाई सक्दो सहयोग गर्न खाडी मुलुकले कुनै कसर बाँकी नराख्ने पनि बताएका थिए । विश्लेषकहरूले युएई सिरियाका नयाँ नेताहरूप्रति सशङ्कित रहेको बताएका छन् जसले इस्लामप्रति उसको अविश्वास र युद्धग्रस्त देशमा टर्कीको राजनीतिक प्रभावबारे चिन्ता व्यक्त गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending