Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

प्रतिनिधिसभाको उपसभामुख पदमा मनोनयन दर्ता गर्दै रुबीकुमारी ठाकुर
खबरडबली संवाददाता

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन आफ्नै लयमा थियो । तर राजनीति कहिलेकाहीँ यस्तै अप्रत्याशित मोड लिन्छ । अहिले उनी प्रतिनिधिसभाको उपसभामुख बन्ने संघारमा उभिएकी छन्।

रुबी पहिलोपटक हर्क साम्पाङलाई भेटेपछि श्रम संस्कृति पार्टीसँग जोडिएकी थिइन्। त्यसअघि उनी कुनै दलमा सक्रिय थिइनन्। समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेकी उनलाई आफ्नै यात्रा पनि चकित बनाउने खालको लागेको थियो। “म सामान्य परिवारकी छोरी, सांसद बन्नु नै अचम्म थियो,” उनले भनेकी थिइन्।

सामान्य परिवारबाट संसदसम्म

धनुषाको मझेलियाकी रुबीको परिवार आर्थिक रूपमा साधारण छ। उनका बुवा सोगराथ ठाकुर वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्। आमासहित चार बहिनी र दुई भाइको जिम्मेवारी परिवारमा छ। घरमा एक कठ्ठा जमिन मात्र छ, जीविकाका लागि अधिया खेती गरिन्छ।

यही पृष्ठभूमिबाट उठेकी रुबी अहिले देशको गरिमामय पदमध्ये एकमा पुग्ने सम्भावनामा छन्। उनलाई संसद्को ठूलो दलको समर्थन रहेको बताइन्छ।

पढाइ, पेशा र राजनीति

मझेलियास्थित श्री माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेपछि उनले बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लोमा इन्जिनियरिङ अध्ययन गरिन्। घरको नक्सा बनाउने सीप सिकेकी उनी स्वरोजगार बन्ने सोचमा थिइन्।

इन्जिनियरिङ अध्ययन पूरा गरेपछि धनुषाकै एक परामर्श संस्थामा सात महिना काम गरिन्। त्यही बीचमा पार्टीले उनलाई समानुपातिक सांसदको सूचीमा राख्यो। जागिर खाँदाखाँदै सांसद बन्ने यात्रा उनका लागि कल्पनाभन्दा बाहिरको घटना थियो।

अब उनी संसद्को जिम्मेवारीसँगै इन्जिनियरिङको स्नातक तह अध्ययन गर्ने योजना बनाइरहेकी छन्। “सांसद हुनु देशका लागि अवसर हो, तर पढाइ मेरो भविष्य र परिवारका लागि आधार हो,” उनको धारणा छ।

 के छन् उनका मुद्दा?

रुबीले दहेज प्रथा, बालविवाह र बेरोजगारीलाई प्रमुख समस्या मानेकी छन्। कानुन भए पनि कार्यान्वयन कमजोर हुँदा महिलाहरू पीडित भइरहेका छन् भन्ने उनको बुझाइ छ। संसद्बाट यस्ता विषयमा प्रभावकारी पहल गर्ने उनको प्रतिबद्धता छ।

विवाहभन्दा अघि संसद्

अहिलेसम्म अविवाहित रहेकी रुबीले विवाहबारे तत्काल नसोचेको बताएकी छन्। “पहिला पाँच वर्ष संसद्लाई दिन्छु, पढाइ अघि बढाउँछु, त्यसपछि विवाहबारे सोचौँला,” उनले भनेकी छन्।

कन्सल्टेन्सीको सानो कोठाबाट सुरु भएको यात्रा अब संसद्को उच्च आसनसम्म पुग्दैछ। यो केवल व्यक्तिगत उचाइको कथा मात्र होइन, साधारण परिवारकी युवती पनि अवसर पाए नेतृत्व तहसम्म पुग्न सक्छिन् भन्ने सन्देश हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending