काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ।
यस अफर अन्तर्गत विद्यार्थीहरूलाई नयाँ सिमकार्ड उपलब्ध गराइनेछ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरूले पनि सोही नम्बरमा उक्त सुविधा प्राप्त गर्न सक्नेछन्।
यो अफर आज २०८२ चैत २६ गतेदेखि सुरु भई २०८३ असार २६ गतेसम्म उपलब्ध रहनेछ।
नयाँ सिमकार्ड र प्रारम्भिक सुविधा
विद्यार्थीहरूले २० रुपैयाँमा नयाँ सिमकार्ड देशभर रहेका नेपाल टेलिकमका कार्यालयहरूबाट प्राप्त गर्न सक्नेछन्। सिम सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न सुविधा उपलब्ध हुनेछन्।
नयाँ सिमकार्डमा मुख्य बाँकी रकमका रूपमा उपलब्ध हुने ९ रुपैयाँ ८० पैसाबाट जुनसुकै सञ्जालमा कल गर्न, सन्देश पठाउन वा तथ्यांक सेवा प्रयोग गर्न सकिनेछ।
एसईई प्याकेज २०८२ अन्तर्गत दैनिक सुविधा ३० दिनसम्म प्रतिदिन निम्न सुविधा उपलब्ध हुनेछः
नेपाल टेलिकमकै सञ्जालभित्र २० मिनेट कुराकानी, १० वटा सन्देश, ५०० एमबी तथ्यांक प्रत्येक दिन प्राप्त हुने सुविधा सोही दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ।
रिचार्ज गर्दा थप सुविधा
५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचारर्ज गर्दा प्रत्येकपटक: ५०० एमबी डाटा, नेपाल टेलिकम सञ्जालभित्र ५० मिनेट कल,५० वटा सन्देश उपलब्ध हुनेछ । पुनःरिचार्जबाट प्राप्त सुविधा तीन दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ।
सिम प्राप्त गर्ने प्रक्रिया
नयाँ सिम लिन परीक्षार्थीले: एसईई प्रवेशपत्र वा कक्षा १० को अंकपत्रको प्रतिलिप, एक प्रति फोटो
आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र वा अन्य सरकारी परिचयपत्रको प्रतिलिपि संलग्न गरी फाराम भर्नुपर्नेछ।
सिम सक्रिय गर्न १४१५ डायल गर्नुपर्नेछ। त्यसपछि अफर प्राप्त गर्न १४१९ डायल गरी निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ।
पहिले नै प्रयोग भइरहेको सिममा अफर लिन १४१९ डायल गरी निर्देशनअनुसार एसईईको संकेत नम्बर लेखी पठाउनुपर्नेछ । साथै विक्रम संवत अनुसार जन्म मिति उल्लेख गरी पठाउनुपर्ने व्यवस्था गरिएको छ। सबै विवरण प्रमाणित भएपछि मात्र अफर उपलब्ध हुनेछ।
गत वर्ष पनि कम्पनीले यस्तै अफर उपलब्ध गराएको थियो। विद्यार्थीहरूको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै यस वर्ष पनि निरन्तरता दिइएको कम्पनीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - २१:५४
काठमाडौं । सरकारले सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउन भन्दै ...
बैशाख २७ गते, २०८३ - २१:२९
सुनसरी । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । आइतबार धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबिच भएको सामान्य विवादका क्रममा छु...
बैशाख २७ गते, २०८३ - २१:२६
मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ । जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम ...
बैशाख २७ गते, २०८३ - २१:१८
रौतहट । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन् । जिल्लाको चन्द्रपुर–२ टेम्प...
बैशाख २७ गते, २०८३ - २१:१०
काठमाडाैं । पश्चिम एसियामा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । ...
बैशाख २७ गते, २०८३ - २१:०६
काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा चेकजाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कास्की र ललितपुरमा जा...
बैशाख २७ गते, २०८३ - १९:५८
मकवानपुर । मकवानपुरमा ७ स्रष्टा सम्मानित भएका छन् । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्था...
बैशाख २७ गते, २०८३ - १९:४३
काठमाडौं । एक समय देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उभिएको नेकपा अहिले भने गुमनाम जस्तै बन्न थालेको छ । पार्टीका शीर्ष नेताहरू सार्वजनिक...
बैशाख २७ गते, २०८३ - १९:३४
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षण पछि ...
बैशाख २७ गते, २०८३ - १९:३१
जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका–५ स्थित आईटी चाेकमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ...


प्रतिकृया लेख्नुहोस्: