प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभित्रको शक्ति–सन्तुलन, गुटगत गणित र “सर्वसम्मत बनाम मतदान” को रणनीतिक द्वन्द्वको परिणाम हो।
‘सर्वसम्मत’ को रणनीति कि समय किन्ने चाल?
सभापति गगनकुममार थापाले सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने प्रयास गरिरहेका छन्। सतहमा यो एकताको सन्देश दिन खोजिएको जस्तो देखिए पनि भित्री रूपमा हेर्दा यो समय किन्ने रणनीति जस्तो पनि देखिन्छ।
किनभने यदि मतदानमा गयो भने परिणाम अनिश्चित छ। सर्वसम्मत भए नेतृत्वको नियन्त्रण कायम रहन्छ; चुनाव भए शक्ति–परीक्षण हुन्छ।
अर्जुननरसिंह केसीको दाबी र मनोबल
वरिष्ठ सांसद अअर्जुुन नरसिसंह केसी स्वयं दलको नेता बन्ने आकांक्षी छन्। सभामुख चयन प्रक्रिया नसकिँदासम्म पर्खने सहमति बनेको थियो, तर सभामुख निर्वाचनपछि पनि प्रक्रिया अघि नबढ्नुले केसी पक्ष सशंकित बनेको छ।
निर्विरोध भए हुन्छु, नभए चुनाव लड्छु भन्नने केसीको स्पष्ट अडान रहेकाे छ । उनलाई केही सांसदहरूको समर्थन र संस्थापनइतर समूहको ‘मोरल ब्याकिङ’ मिल्न सक्ने आकलनले उनको मनोबल झन् बढाएको छ।
सभापतिको ‘इन्ट्रेस्ट क्यान्डिडेट’
सभापति थापा प्रत्यक्षतर्फ रसुवाबाट निर्वाचित माेेहन आचार्यलाई अघि सार्न चाहेको चर्चा छ। तर आचार्यको नाममा सर्वसम्मत जुट्ने सम्भावना न्यून देखिन्छ। यही कारणले नेतृत्व खुला चुनावमा जान हिच्किचाइरहेको बुझिन्छ।
संस्थापन बनाम संस्थापनइतर ध्रुवीकरण
पार्टीभित्र अझै पनि पूर्वसभापति शेरबहादुरर देउवा र डा. शेखर काेइराला निकट समूहहरूको प्रभाव कायम छ। समानुपातिक र प्रत्यक्ष सांसदहरूको गणित हेर्दा संस्थापनइतर समूह संख्यात्मक रूपमा बलियो देखिए पनि अन्तिम क्षणमा क्रस–भोटिङ वा आन्तरिक सहमति बदलिन सक्ने अवस्था छ। यही अनिश्चितताले ढिलाइलाई लम्ब्याइरहेको छ।
इतिहासले के भन्छ?
२०६४ पछि कांग्रेसमा संसदीय दलको नेता सर्वसम्मत चयन भएको इतिहास छैन। २०७९ पछि पनि मतदान प्रक्रियाबाटै चयन भएको थियो, जहाँ गगन थापाले तत्कालीन सभापति देउवालाई चुनौती दिएका थिए। यसपटक पनि त्यही अभ्यास दोहोरिन सक्ने संकेत बलियो छ।
ढिलाइको जरो कहाँ?
सर्वसम्मतको आवरणमा शक्ति–सन्तुलनको खेल, सभापति पक्ष र केसी पक्षबीच विश्वासको कमी, गुटगत ध्रुवीकरण र संख्याको अनिश्चितता, खुला मतदानमा परिणाम उल्टिन सक्ने डर रहेकाे छ ।
त्यसैले यो केवल प्रक्रिया ढिला भएको विषय होइन; यो कांग्रेसभित्र नेतृत्वको वास्तविक शक्ति कसको हातमा रहने भन्ने निर्णायक क्षण हो।
चैतभित्रै निर्णयमा पुग्ने दाबी भए पनि परिस्थिति हेर्दा मतदानमार्फत् नै दलको नेता चयन हुने सम्भावना बढी देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - २१:५४
काठमाडौं । सरकारले सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउन भन्दै ...
बैशाख २७ गते, २०८३ - २१:२९
सुनसरी । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । आइतबार धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबिच भएको सामान्य विवादका क्रममा छु...
बैशाख २७ गते, २०८३ - २१:२६
मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ । जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम ...
बैशाख २७ गते, २०८३ - २१:१८
रौतहट । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन् । जिल्लाको चन्द्रपुर–२ टेम्प...
बैशाख २७ गते, २०८३ - २१:१०
काठमाडाैं । पश्चिम एसियामा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । ...
बैशाख २७ गते, २०८३ - २१:०६
काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा चेकजाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कास्की र ललितपुरमा जा...
बैशाख २७ गते, २०८३ - १९:५८
मकवानपुर । मकवानपुरमा ७ स्रष्टा सम्मानित भएका छन् । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्था...
बैशाख २७ गते, २०८३ - १९:४३
काठमाडौं । एक समय देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उभिएको नेकपा अहिले भने गुमनाम जस्तै बन्न थालेको छ । पार्टीका शीर्ष नेताहरू सार्वजनिक...
बैशाख २७ गते, २०८३ - १९:३४
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षण पछि ...
बैशाख २७ गते, २०८३ - १९:३१
जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका–५ स्थित आईटी चाेकमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ...


प्रतिकृया लेख्नुहोस्: