Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

चरित्र पुँजीवादको, नारा समाजवादको

विदुर कटुवाल
विदुर कटुवाल

अहिले नेपालमा पुँजीवादविरुद्ध समाजवादको नारा चर्को रूपमा लागिरहेको छ । यसबारे अर्थशास्त्री, राजनीतिज्ञ र समाजशास्त्रीले गर्ने विश्लेशण एक मतको छैन । त्यही भएकाले पार्टी नेतृत्व, विश्लेषक, विद्वान्ले कहिले कालोलाई हरियो देख्छन् । कहिले हरियोलाई रातो त रातोलाई नीलो देख्छन् ।

हाल विश्वमा पुँजीवाद विभिन्न नाममा परिचित छ । त्यसमा अहिलेको विज्ञान र प्रविधिको विकासले पुँजीवादलाई झनै ठुलो संस्थागत सहयोग पुगेको छ । पुँजीवादका नयाँ–नयाँ ‘भेरियन्ट’ देखापरिरहेका छन् । यसमा पुँजीवादको नयाँ भेरियन्टचाहिँ ‘निगरानी पुँजीवाद’ हो । यो नयाँ भेरियन्टलाई पनि विश्वभरका प्रजातिन्त्रक र कम्युनिस्ट पक्षधरका अर्थशास्त्री, समाजशास्त्री राजनीतिज्ञले नेपालकै शैलीमा आफूअनुकूल व्याख्या गरिरहेका छन् । नेपालमा तर्क–वितर्क जे भए पनि दासयुगको चरणमै विकास भएको पुरानै शैलीको दलाल नोकरशाही पुँजीवाद मौलाएको छ । यसमा पार्टी नेतृत्व, विश्लेषक विद्वान्का फरक–फरक तर्क आउलान् रु गणतान्त्रिक नेपालमा सत्ता र शक्तिमा पुग्नेहरूको आचरण हेर्दा पुरानै दास र मालिकको प्रवृत्ति छ । नेतृत्वमा सामन्ती शासन शैलीको प्रवृत्तिले मानसिकतामा जरो गाडेको छ । दलका नेता, कार्यकर्ता, विश्लेषक, विद्वान्ले मालिक र दास प्रवृत्तिमा आफूलाई उभ्याइरहेका छन् । जुन दलाल नोकरशाही पुँजीवादमा ठ्याक्कै मिल्छ । त्यही कारण पुँजीवादबारे आफू र आफ्नो समूह अनुकूल व्याख्या छ । त्यसमा पनि हाल पुँजीवादविरुद्ध समाजवादको नारा चखिलो सुनिन्छ । संविधानमा ‘समाजवाद’उन्मुख लेखेपछि, समाजवाद यत्रतत्र सुनिन्छ । कम्युनिस्ट विचारमा आस्था राख्ने दलले आफूलाई समाजवादी भनेर चिनाउने नाममा ‘समाजवादी’ फुर्को जोडेका छन् । समाजवाद र पुँजीवादको तुलना गर्दै व्यख्या सुनाउँछन् । यता प्रजातान्त्रिक विचार बोक्ने कांग्रेसले पनि समाजवाद आफ्नो लक्ष्य भएको बताउँछ । तर, ऊ पुरानै दलाल नोकरशाही पुँजीवादी कित्तामै टक्क उभिएको छ । पुँजीवाद र समाजवाद विपरीत हुन् । पुँजीवादमा निजी क्षेत्रमा आधारित हुन्छ । समाजवादमा सरकार र जनताको साझा स्वामित्व हुन्छ । स्वास्थ्य, शिक्षा, धर्म, संस्कार संस्कृति, गरिबी, पछौटेपन, भेदभावको समेत व्यापार हुन्छ । समाजवादमा त्यो हुँदैन ।

पुँजीवादले समानतामूलक समाज निर्माणमा सहयोग गर्दैन । वर्गविभेद बढाउँछ । तर, विश्वका कम्युनिस्टइतर समूहका देशमा हाल पुँजीवाद समाजवादी चरित्रमा परिणत भएको छ । कम्युनिस्ट देश पनि पुँजीवादी चरित्रमा उभिएका छन् । समाजवादका मूल मर्म, भावना, चरित्र, पुँजीवादभन्दा ठिक उल्टो हुन्छ । निजीकरणलाई निरुत्साहित गर्दै सामूहिकतामा जोड दिन्छ । समाजवाद राजनीतिक र आर्थिक प्रणाली दुवै एक–अर्काका परिपूरकजस्तै हुन्छन् । मौलिक धर्म, संस्कार, संस्कृति, सभ्यताको संरक्षण गर्दै समानतामूलक समाज निर्माणमा राज्यको उपस्थिति हुन्छ । निजीलाई निरुत्साहित गर्दै सामूहिकतालाई जोड दिने समाजवादको नारा लगाउने राजनीतिक पार्टी र नेतृत्वको चरित्र दासयुगकै छ ।

नेपालमा एउटा कम्युनिस्ट र अर्को प्रजातान्त्रिक गरी दुई धार छन् । कम्युनिस्टका धेरै टुक्रा र समूह छन् । प्रजातान्त्रिक धारमा मुख्य कांग्रेस मात्रै छ । दुवै धार नाम र सिद्धान्तमा फरक, तर व्यवहारमा एउटै छन् । एउटै प्रवृति र सोच छ । चन्दा, कमिसन, भ्रष्टाचार, तस्करीको पैसा पार्टी र नेताका आम्दानीको स्रोत बनेको छ । पार्टीमा चाकरी, चाप्लुसी, गुट, उपगुट छ । विचार र सिद्धान्तको बहस हराएको छ । पुँजीवादभित्र पनि लोकतान्त्रिक व्यवस्था बोकेका पार्टीमा विधि, पद्धति, अनुशासन छैन । तल्लो तहका कार्यकर्ताले माथिल्लो तहका नेतालाई राजतन्त्रकै शैलीमा मालिकले नोकरलाई गर्नुपर्ने व्यवहार छ । नत्र उमेर भएकाहरू पार्टी छाडेर खाडी पस्दा हुन्छ । उमेर नभएकाहरू मैले सकिनँ भनेर हार स्विकार्नुको विकल्प छैन । कि अर्को पार्टी प्रवेश गरेर पुरानो पार्टीको नेतृत्वलाई गालीगलोज गर्ने विकल्प खुला छ ।

बिचौलिया, ठेकेदार, दलालको इसारामा सरकार, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका ‘सेटिङ’मै चल्छन् । सहकारी ठगीकै मुद्दा हेर्दा हुन्छ । सत्तापक्षलाई सेटिङमै उन्मुक्ति दिइएको छ । विपक्षलाई कारबाहीको दायरामा जबर्जस्ती तानिएको छ । के यो दलाल नोकरशाही पुँजीवादमा आधारित राजनीतिक चरित्र होइन रु नेताहरूको आर्थिक शैली र गतिविधि नियाल्दा पनि पुँजीवादको स्वरूप दलाल नोकरशाही पुँजीवाद हो भन्न सकिन्छ । यिनले आफू र आफ्नो समूह ९गुट० बनाइरहेका छन् । यिनले सत्ता हत्याउन समाजवादको नारा दिए पनि यिनको चरित्र एउटै छ । 

अर्को नजरमा हेर्दा समानताका लागि समानुपातिक र समावेशी सिद्धान्त संविधानले अंगीकार गरेको छ । समानुपातिक कोटामा सांसद हुनेमा धनीमानीकै नाम अगाडि छ । करोडौँ बुझाएर उच्च घरानाका व्यापारी कांग्रेस, एमाले, माओवादी, रास्वपालगायत पार्टीबाट समानुपातिक कोटामा सांसद बनेका छन् । सत्तालाई आफूअनुकूल व्यापार गर्ने माध्यम बनाउँछन् । राज्यको मूलधारबाट पछाडि पारिएका आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला, दलितको कोटामा दलका नेताको व्यापार हुन्छ । यसको मापदण्ड अवैज्ञानिक छ । त्यसलाई सच्याउन जरुरी छ । प्रत्यक्ष निर्वाचन प्रणाली त्यस्तै छ । वडाध्यक्षको चुनाव लड्न २० लाखसम्म खर्चेको सुनिन्छ । बिचौलिया, दलाल, ठेकेदार मात्र उम्मेदवार बन्ने प्रथा हो यो । जसले पार्टी नेतृत्वलाई चाकरी गरेर दाम चढाउन सक्छ, उही नेतृत्वमा पुग्ने परिपाटी हो । 

पुँजीवादका विभिन्न रूपमध्ये विश्वमा अहिले नयाँ निगरानी पुँजीवाद भित्रिएको छ । विज्ञान र प्रविधि युगको विसकाससँगै विश्वमा निगरानी पुँजीवाद हाबी छ । जसमा आज सूचना हुने र नहुनेबिच बहस छ । इन्टरनेटको प्रयोगबाट जन्मिएको निगरानी पुँजीवादले शासकको चरित्रमाथि जनताको निगरानी बढाएको छ । नेताहरूको भ्रष्टाचार, तस्करी, मिलेमतो र कुकृत्यको पर्दाफास गर्दै छ । जसले नेपालमा मौलाएको मिलीजुली दलाल नोकरशाही पुँजीवादी चरित्रमाथि धावा बोल्दै छ । धावा बोल्नेमा सञ्चारमाध्यम मात्र छैनन् । फेसबुक, युटुब, टिकटकलगायत दर्जनौँ सामाजिक सञ्जाल छन् । यो निगरानी पुँजीवादको अर्को नाम डिजिटल पुँजीवादभन्दा फरक नपर्ला । यसको विशेषता पनि विश्वलाई एकल स्वामित्वमा राख्नु नै हो । आर्थिक, सामाजिक, सांस्कृतिकलगायत दृष्टिकोणबाट कब्जा जमाउने हो ।

नयाँपत्रिकाबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending