Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

शौचालय सफा गर्ने र झाडु लगाउने स्ववियु होइन, रचनात्मक हुनुपर्छः हिमाल शर्मा

खबरडबली संवाददाता

काठमाडौँ । २०६५ सालमा एकीकृत नेकपाले पहिलो पटक त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनमा भाग लियो । अनेरास्ववियुको (क्रान्तिकारी) को तर्फबाट त्रिवि केन्द्रीय क्याम्पसमा उम्मेदवार बनेका थिए, हिमाल शर्मा । 

उनका प्रतिस्पर्धी थिए, नेपाली कांग्रेस निकट नेविसंघका अञ्जान लामा । पहिलो पटक भाग लिएको क्रान्तिकारी स्ववियु अध्यक्षमा निर्वाचित भयो । शर्मा क्रान्तिकारीको तर्फबाट पहिलो निर्वाचित स्ववियु अध्यक्ष बने । हाल उनी माओवादी केन्द्रको फ्याक्सन इन्चार्ज छन् । 

उनकै नेतृत्वमा अखिल क्रान्तिकारीको महाधिवेशन सम्पन्न भयो । पार्टीले उनलाई विद्यार्थी विभागको प्रमुखसमेत तोकेको छ । उनकै नेतृत्वमा अखिल क्रान्तिकारी स्ववियु निर्वाचनमा सहभागी भएको थियो । र, उत्साहजनक परिणाम निकालेको छ । 

उनै शर्मासँग स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले ल्याएकेा नतिजा, स्ववियुको औचित्य लगायत विषयमा गरीएकाे कुराकानीको सम्पादित अंश : 

अखिल क्रान्तिकारीले यो पटकको निर्वाचनको मतपरिणामबारे के कस्तो मूल्यांकन गर्‍यो ? 
पहिला हाम्रो सरकार र सत्ता गठबन्धन नेपाली कांग्रेस र नेविसंघसँग गठबन्धन भएको थियो । अहिले अधिकांश ठाउँमा एक्लै चुनाव लडेका छौँ । एक्लै चुनावमा जाने भन्ने नीति थियो । 

त्यो वेला नेविसंघसँग मिल्दा राम्रो पर्फमेन्स भएन । अहिले भने विद्यार्थीले रुचाए । एक्लै आएको कुरा रुचाए । तागत पनि बढेको देखियो । यसको २/३ वटा कारण छन् । जसले गर्दा क्रान्तिकारीको ग्राफ ह्वात्तै बढेको छ । जितेको ठाउँमा त जितिहाल्यो,  हारेको ठाउँमा समेत एकदमै प्रतिस्पर्धी छ । जसले बलियो उपस्थिति बनाएको छ । त्यसमा हामी खुसी छौँ । 

स्ववियुमा पनि २८ वर्षे उमेर हद लगाएको थियो । त्यो वेला म त्रिवि स्ववियु सभापति थिएँ, त्यही वेला मेरै नेतृत्वमा २८ वर्षे उमेरहद लागु भएको थियो । अहिले पनि म फ्याक्सन इन्चार्ज भएपछि विद्यार्थीले त्यहीअनुसार अपेक्षा गरे । त्यसपछि जनमतसंग्रहजस्तो गरेर ३२ वर्षे उमेरहद लागु भयो । विद्यार्थीहरूले यसलाई रुचाए । 

अर्को भनेको, हाम्रो संगठन भताभुंग अवस्थामा थियो । केन्द्रदेखि तलसम्म २ वटा कमिटी थियो । त्यसपछि नेतृत्वमा समेत चुनाव गराएँ । सबै कुरा एकीकृत गरेर चुनावमा होमिएपछि विवादहरू भएनन् । सबै विवादको हल गरेर अघि बढेपछि सहज भयो ।

अर्को भनेको माओवादी आन्दोलनले गरेको सुशासन थियो । सरकारबाट माओवादीलाई हटाइयो । भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा काम गरिरहेको अवस्थामा माओवादीलाई सरकारबाट हटाइयो । यो बुझाइ आमजनतामा समेत परेको छ ।

१०६ वटा कलेजमा अखिल क्रान्तिकारीविरुद्ध गठबन्धन भयो । क्रान्तिकारीले जित्ने ठाउँमा उनीहरू मिलेका थिए । तर पनि क्रान्तिकारी एक्लै लडेर गठबन्धनलाई हराएको अवस्था छ । यो असाध्यै महत्त्वपूर्ण हो । अहिलेको निर्वाचनले माओवादी पार्टीलाई समेत हौसला प्रदान गरेको छ । 

निर्वाचनलाई लिएर खुट्टा कमाउने काम नगर, खुट्टा कमाउने भनेको माथिल्लो तहमा मात्रै हो, हामी तल छौँ । तिमीहरू सुध्रिनू भनेर सचेतसमेत गराएका हुन् । युवालाई नेतृत्व दिँदा राम्रो हुन्छ, पार्टीमा समेत युवालाई नेतृत्व देऊ भन्ने खालको सन्देश हो यो । 

विद्यार्थी संगठनहरूले उठान गर्ने एजेन्डा कत्तिका जायज छन् ? 
सुशासनको पक्षधर क्रान्तिकारी हो । कलेज प्रशासनसँग दलाली गर्ने, भ्रष्टाचार गर्ने संगठन होइन यो । यो सशक्त भएर अघि बढ्ने विद्यार्थी आवाज हो । त्यही भएर हामीलाई भोट दिनुहोस् भनेका हौँ । विद्यार्थीको अधिकारको निमित्त लड्छौँ, भनेर आवाज लिएर गएको, त्यहीअनुसार विद्यार्थीले रुचाए । 

विगत र अहिलेको स्ववियुबिच खासै अन्तर देखिएन । कारण के हो ? 
स्ववियुको भूमिकालाई रुपान्तरित गर्नुपर्छ । परिवर्तन गर्नुपर्छ । हाम्रा पालामा संविधान बनेकै थिएन । हामी युद्धमा होमिएको वेला छुट्टै थियो । अझ पञ्चायत कालमा छुट्टै विषय हुन्थ्यो । दलहरूमाथि प्रतिबन्ध थियो । त्यो वेला विद्यार्थीमार्फत नै बोल्नुपर्ने अवस्था थियो । 

अहिले त संविधान निर्माण भएर अगाडि आइसकेका छौँ । अहिले पनि उस्तै उस्तै छ । दलले बोल्ने कुरा संगठनले बोल्ने । संगठनले बोल्ने कुरा स्ववियुले बोल्ने गरेको पाइन्छ । 

विद्यार्थी संगठन र स्ववियु नछुट्टिएपछि के अर्थ रह्यो । राजनीतिक दलले गर्नुपर्ने कुरा जनवर्गीय संगठनले गर्ने होइन । उनीहरूले आफ्नो पेसागत कार्य गर्ने हो । त्यसको अधिकारको निमित्त लड्ने हो । 

अर्को, संगठनले गर्नुपर्ने काम स्ववियुले गर्ने होइन । स्ववियुले एकेडेमिक काम गर्ने हो । रचनात्मक काम गर्ने हो । त्यहाँभित्र भएका विकृति विसंगतिविरुद्ध आधिकारिक रूपमा लड्ने हो । सिनेटमा समेत विद्यार्थी पुग्ने भएकाले त्यहाँ लड्ने हो । यसलाई राजनीतिकभन्दा पनि शैक्षिक रूपान्तरणका लागि शैक्षिक एजेन्डामा केन्द्रित भएर स्ववियु लाग्नुपर्छ । विगतभन्दा अहिले यसको काम तथा एजेन्डाहरू बदल्नुपर्छ । 

स्ववियुलाई विद्यार्थी संगठनहरूबाट टाढा राख्नुपर्छ भन्ने छ । संगठनमुक्त नै गराउनुपर्ने हो र ? 
विद्यार्थी सचेत वर्ग भएकाले उसले के सही के गलत राम्रोसँग बुझ्छ । कुन दलले उठाएका एजेन्डा सही हुन्, कसले उठाएका एजेन्डा बेठीक हुन् भन्ने थाहा पाउँछन् । यहाँ मल्टीपार्टी सिस्टम छ । दलले गर्ने निर्णय नै राज्यको निर्णय बन्न जान्छ । प्रतिनिधि त्यहाँ हुन्छन् नि त । 

विद्यार्थीले हरेक विषयमा चासो राख्छ । नेपालको मात्र होइन, विश्वकै बारेमा चासो राख्छ । त्यसो भएकाले राजनीतिबाट टाढा राख्ने होइन । विद्यार्थीले त्यसमा प्रतिक्रिया दिन्छ । अन्याय, अत्याचार, भ्रष्टाचारविरुद्ध बोल्छ ।

यसलाई सामान्यीकरण गर्ने होइन । स्ववियुलाई शौचालय सफा गर्ने, सरसफाइ गर्ने काममा मात्रै सीमित राख्ने होइन, राजनीतिक रूपमा सचेत भएकाले धेरै काम गर्छन् । शैक्षिक एजेन्डामा केन्द्रित हुनुपर्छ । चासो त सबै कुरामा राख्नुपर्छ, किनभने विद्यार्थी सचेत वर्ग हो । राताेपाटीबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

कर्मचारीले राजनीति गरे जागिर जाने सरकारको चेतावनी

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार...

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ...

सटर भाडादेखि जग्गाको आम्दानीसम्म ‘गायब’, सुर्खेत नगर विकासमा झन्डै ३ करोड हिनामिना

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्र...

४१ वटा झोलुङ्गे पुल निर्माण गर्दै कर्णाली सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प...

प्रधानमन्त्री नआए पनि संसद् चल्ने बाटो खोलियो, जवाफ दिने दिन तोकियो

काठमाडौं । प्रतिनिधिसभामा लगातार अवरोध र प्रधानमन्त्री बबाालेनन साहको अनुपस्थितिलाई लिएर चर्किएको विवादबीच सभामुख डिपी आर्यालले सरकारको नीति तथा कार्य...

‘राष्ट्रपति बोलिरहँदा प्रधानमन्त्री गायब’ राष्ट्रिय सभामा सरकारमाथि कडा प्रश्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन  साह अनुपस्थित रहेको विषय राष्ट्रिय सभामा च...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending