Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

सप्तरीमा एक सय दशमलव ११ हेक्टर वन अतिक्रमित

खबरडबली संवाददाता

सप्तरी । सप्तरीमा एक सय दशमलव ११ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाका अतिक्रमित वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती गर्ने गरेका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख सुभासचन्द्र दासले सप्तरीभरिका एक सय दशमलव ११ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमणमा परेको जानकारी दिए । उनले स्थानीयवासीले सामुदायीक वनलाई अतिक्रमण गरेर खेतीपाती गरिरहेको बताए। वन अतिक्रमण गर्ने स्थानीयवासीलाई राजनीतिक दलले अघोषित रूपमा समर्थन गर्ने परिपाटीले वनजङ्गल जोगाउन समस्या भइरहेको प्रमुख दासले जानकारी दिए। उनले अतिक्रमणमा परेकोलाई हटाउन जाँदा राजनीतिक दलबाटै प्रतिरक्षा गर्ने गरेको गुनासो गरे। 

उनले कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा पनि नियमित अनुगमन र सुपरीवेक्षण गर्न नसकेको बताउदै बेलाबखतमा स्थानीय प्रशासनसँग समन्वय गरी अतिक्रमणमा परेको वनलाई फिर्ता ल्याउने प्रयास भइरहेको बताए। डिभिजन वन कार्यालयमा कुल ९४ जना कर्मचारीको दरबन्दी भए पनि अहिले ८० जनामात्र कार्यरत छन् । जसले गर्दा पनि नियमित रूपमा वन अनुगनम र निरीक्षण गर्न समस्या भइरहेको कार्यालयका प्रमुख दासले बताए।

सप्तरीमा २१ हजार एक सय ३६ हेक्टर वनक्षेत्र छ । सप्तरीमा ९५ वटा सामुदायिक वन रहेका छन् । सामुदायीक वन १८ हजार सात सय ६१ दशमलव २६ हेक्टरमा फैलिएको छ । निजी वन ३८ बिघा २२ कट्ठा ११ धुर क्षेत्रफलमा फैलिएको छ । वनमा साल, खयर, मसला, टिक, सिमल, सिसौँ, जामुन लगायत प्रजातिका रुख रहेको रेन्जर अमित पोखरेलले जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नीतिगत र संस्थागत कब्जा अन्त्य गर्न सरकार निर्मम बन्छ: अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ धेरै निर्मम बन्ने बताएको छन्। शुक्रबार राजधानीमा आयोजित ...

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रि...

राजस्व छली आशंकामा नियन्त्रणमा रहेका ७७९ विद्युतीय सवारीबारे छानबिन समिति गठन

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन ...

सुधन गुरुङमाथिको छानबिन सकेर प्रतिवेदन प्रधानमन्त्री शाहलाई बुझाइयो

काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको...

अत्यधिक गर्मीका कारण कपिलवस्तुका विद्यालय तीन दिन बन्द

कपिलवस्तु । अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द भएका छन् । तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण ...

गृह मन्त्रालयले एसएसपी सरुवा सच्यायो, उपत्यका ट्राफिकमा सुरेश काफ्ले पठाइए

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपीहरूको सरुवा सूची सच्याएको छ। जेठ १८ गते प्रधानमन्त्री तथा तत्कालीन गृहमन्त्री बालेन्द्र शाहको निर्णयअन...

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान, द्विपक्षीय वार्तामा व्यापार–ऊर्जा लगायत विषयमा छलफल हुने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। उनी भारतीय विदेशमन्त्री एस। जयशंकरको निमन्त्रणामा २२ देखि २४ जेठसम्म...

संविधान संशोधन गर्दा धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक...

प्रधानमन्त्रीलाई मोबाइलमा के म्यासेज लेखेका रहेछन् सचिव कृष्णहरिले ?

काठमाडौँ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले राजदूत नियुक्तिका लागि सहयोग माग्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई म...

संसद्मा पेश भएका आठ अध्यादेशको स्वीकृति प्रक्रिया अघि बढेन

काठमाडौं । सरकारले संसद्मा पेश गरेका आठ वटा अध्यादेशको स्वीकृति प्रक्रिया अझै अघि बढाएको छैन। संसद्को अधिवेशन नरहेका बेला जारी गरिएका यी अध्यादेशहरू स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending