जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधामसँग नजिक रहेको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –१ मा निर्माण भएको अत्याधुनिक वाटरपार्क शुक्रबारदेखि सञ्चालन हुन लागेको छ ।
जानकी फनपार्क एण्ड रिर्सोट प्रालिद्वारा सञ्चालन हुन लागेको वन्डरलैंड वाटरपार्कको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त संस्थाका प्रबन्ध निर्देशक गुड्डु जैनले शुक्रबार विहान ११ वजे अभिनेत्री प्रियंका कार्कीको उपस्थितिमा उदघाटन हुने जानकारी दिए ।
तीन लाख स्क्वायरफिट क्षेत्रफल रहेको उक्त पार्कमा मलटिलेन सलाइड टु लेन, बोडी वेभ स्लाइड, हाइस्पिड वोडी सलाइड, ओपेन वोडी टर्निङ्ग सलाइड, ओपेन फलोट सलाइड, वेभ पुल, रेन डाँस, फाइभ प्लेटफर्म वाटरप्ले सिस्टम, टोट एक्टीभिटी, फुड कोर्ट, पार्टी हल, परफरमेन्स स्टेज निर्माण भइसकेको प्रबन्ध निर्देशक जैनले जानकारी गराए ।
वन्डरलैंड वाटरपार्क दक्ष तथा अनुभवी कर्मचारीको निगरानीमा बिहान १०ः३० बजेदेखि बेलुकी –५ बजेसम्म सञ्चालनमा रहने भन्दै पार्कमा प्रवेश गर्ने तीन फीट मुनीका बालबालिकालाई प्रवेश शुल्क नलाग्ने र अन्यको हकमा प्रतिव्यक्ति ८४० तथा कर प्रवेश शुल्क निर्धारण गरिएको उनले बताए ।
पानीको स्वच्छता कायम गर्न पार्कमा चारवटा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरेको बताँउदै आगन्तुकका लागि कस्टम तथा लकर उपलब्ध गराउने व्यवस्था मिलाएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पर्यटन प्रबर्धनको साथै रोजगारीको अवसर सिर्जना गर्नु र मधेश प्रदेशका जनतालाई मनोरञ्जन प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य रहेको भन्दै प्रबन्ध निर्देशक जैनले सिद्धार्थ वैंकको क्रण सहयोगमा हालसम्म पार्कको निर्माणमा १२ करोड ५० लाख खर्च भइसकेको जानकारी दिए । उदघटनका दिन फागुन २३ गते शुक्रबार सबैलाई प्रवेश निःशुल्क गरिएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: