Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सरकारविरुद्ध आक्रमक आन्दाेलनकाे तयारी गर्दै विपक्षी दलहरु

खबरडबली संवाददाता

काठमाडाैं । सरकारका गलत काम र नीतिकाविरुद्ध सदनमा आवाज उठाईरहेका विपक्षी दलहरू सडकसंघर्षतिर जुटेका छन् । उनीहरूले राष्ट्रियता कमजोर भएको, भ्रष्टाचार बढेको, महँगी आकासिएकोजस्ता मुद्दा लिएर सरकारविरुद्ध सडकमा आउने घोषणा गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चाले मोर्चाले २४ चैतमा काठमाडौंमा जनप्रदर्शन तय गरिसकेको छ । दलहरूले पार्टीगतरुपमा पनि संघर्षका कार्यक्रम बनाएका वा बनाउँदै छन् । 

मोर्चाले सरकार स्वेच्छाचारी रूपमा अघि बढेर जनविरोधी काम गरेको निष्कर्षसहित सडक आन्दोलनको घोषणा गरेको छ । चैत पहिलो साता मधेश प्रदेशमा खबरदारी–सभा गर्ने मोर्चाको तयारी छ । काठमाडौंमा जनप्रदर्शन गर्नुअघि अन्य ६ प्रदेशमा पनि विरोध कार्यक्रमहरू गर्ने जनाएको छ । तर, मिति तय भएको छैन । 

‘राष्ट्रियता कमजोर भयो । महँगी र भ्रष्टाचार बढ्यो । जनताले सरकार भएको महसुस नै गर्न पाएनन् । हामी त्यसको विरुद्धमा जनतामा जाँदै छौँ,’ समाजवादी मोर्चाको अध्यक्षमण्डलका सदस्य एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले भने । मोर्चामा आबद्ध दलहरूले संयुक्तबाहेक छुट्टाछुट्टै विरोध कार्यक्रम पनि अघि सारेका छन् । माओवादी केन्द्रले १२ फागुनबाट झापाको कचनकबलबाट हुलाकी राजमार्गकेन्द्रित तराई–मधेश जागरण अभियान सुरु गर्दै छ । अभियान ७ चैतमा कञ्चनपुर पुगेर समापन हुनेछ । अध्यक्ष प्रचण्डले नेतृत्व गर्ने अभियानमा जनसभा, अन्तरक्रिया, जनभेटघाटलगायत कार्यक्रम हुने माओवादी महासचिव देव गुरुङले बताए । अभियानमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरूका साथै सम्बन्धित प्रदेश र जिल्लाका नेता, जनवर्गीय संगठनका नेता तथा सांस्कृतिक टोली खटिनेछन् ।

माओवादीले वैशाखमा पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित पूर्व–पश्चिम जागरण अभियानको पनि तयारी गरेको छ । विगतमा माओवादी नेतृत्वको सरकारले अघि बढाएका गिरीबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गालगायत भ्रष्टाचारका फाइल केपी ओली नेतृत्वको सरकारले बन्द गराएको, भ्रष्टाचारमा मुछिएका सत्तारूढ दलका नेता तथा कार्यकर्तालाई उन्मुक्ति दिने प्रपञ्च भएको दाबी माओवादीको छ । ‘राष्ट्रियता कमजोर भएको छ । महँगी र भ्रष्टाचारले सीमा नाघिसक्यो । जनजीविकाको विषयमा सरकार बेखबर छ । अभियानको क्रममा यस्ता विषयमा जनतालाई सुसूचित गराउनेछौँ,’ गुरुङले भने ।

एकीकृत समाजवादीले आन्दोलनको कार्ययोजना नै तयार पारेको छ । शुक्रबार जारी केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेसँगै आन्दोलनको कार्यक्रम अघि बढ्ने महासचिव घनश्याम भुसालले बताए । 

‘आगामी दिनमा हामी खासगरी श्रमजीवी जनताका लागि जुन वर्ग र समूहसँग उभिनुपर्छ, तिनीहरूसँग मिलेर एउटा राष्ट्रिय आन्दोलन बनाउन जाँदै छौँ । यो सत्ताको नालायकी र सडकको अराजकताविरुद्ध जिम्मेवार पार्टीको रूपमा उभिने गरी हामीले निर्णय लिएका छौँ । केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरेसँगै हाम्रो आन्दोलन अघि बढ्छ,’ भुसालले भने । 

त्यस्तै, प्रतिपक्षी दल राप्रपाले पनि प्रदेशस्तरीय भण्डाफोर शुरु गरेको छ । गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, सुदूरपश्चिमको धनगढी, मधेशको जनकपुर, बागमतीको काठमाडौं र कर्णालीको सुर्खेतमा भण्डाफोर कार्यक्रम तय महामन्त्री राजेन्द्र गुरुङले बताए ।  उनकाअनुसार शुक्रबार गण्डकी प्रदेशबाट शुरु भएको भण्डाफोर कार्यक्रम १७ फागुनमा लुम्बिनी, १८ फागुनमा सुदूरपश्चिम, २१ फागुनमा मधेश, २५ फागुनमा बागमती र २७ फागुनमा कर्णालीमा पुगेर टुंगिनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending