Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

सरकारविरुद्ध आक्रमक आन्दाेलनकाे तयारी गर्दै विपक्षी दलहरु

खबरडबली संवाददाता

काठमाडाैं । सरकारका गलत काम र नीतिकाविरुद्ध सदनमा आवाज उठाईरहेका विपक्षी दलहरू सडकसंघर्षतिर जुटेका छन् । उनीहरूले राष्ट्रियता कमजोर भएको, भ्रष्टाचार बढेको, महँगी आकासिएकोजस्ता मुद्दा लिएर सरकारविरुद्ध सडकमा आउने घोषणा गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चाले मोर्चाले २४ चैतमा काठमाडौंमा जनप्रदर्शन तय गरिसकेको छ । दलहरूले पार्टीगतरुपमा पनि संघर्षका कार्यक्रम बनाएका वा बनाउँदै छन् । 

मोर्चाले सरकार स्वेच्छाचारी रूपमा अघि बढेर जनविरोधी काम गरेको निष्कर्षसहित सडक आन्दोलनको घोषणा गरेको छ । चैत पहिलो साता मधेश प्रदेशमा खबरदारी–सभा गर्ने मोर्चाको तयारी छ । काठमाडौंमा जनप्रदर्शन गर्नुअघि अन्य ६ प्रदेशमा पनि विरोध कार्यक्रमहरू गर्ने जनाएको छ । तर, मिति तय भएको छैन । 

‘राष्ट्रियता कमजोर भयो । महँगी र भ्रष्टाचार बढ्यो । जनताले सरकार भएको महसुस नै गर्न पाएनन् । हामी त्यसको विरुद्धमा जनतामा जाँदै छौँ,’ समाजवादी मोर्चाको अध्यक्षमण्डलका सदस्य एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले भने । मोर्चामा आबद्ध दलहरूले संयुक्तबाहेक छुट्टाछुट्टै विरोध कार्यक्रम पनि अघि सारेका छन् । माओवादी केन्द्रले १२ फागुनबाट झापाको कचनकबलबाट हुलाकी राजमार्गकेन्द्रित तराई–मधेश जागरण अभियान सुरु गर्दै छ । अभियान ७ चैतमा कञ्चनपुर पुगेर समापन हुनेछ । अध्यक्ष प्रचण्डले नेतृत्व गर्ने अभियानमा जनसभा, अन्तरक्रिया, जनभेटघाटलगायत कार्यक्रम हुने माओवादी महासचिव देव गुरुङले बताए । अभियानमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरूका साथै सम्बन्धित प्रदेश र जिल्लाका नेता, जनवर्गीय संगठनका नेता तथा सांस्कृतिक टोली खटिनेछन् ।

माओवादीले वैशाखमा पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित पूर्व–पश्चिम जागरण अभियानको पनि तयारी गरेको छ । विगतमा माओवादी नेतृत्वको सरकारले अघि बढाएका गिरीबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गालगायत भ्रष्टाचारका फाइल केपी ओली नेतृत्वको सरकारले बन्द गराएको, भ्रष्टाचारमा मुछिएका सत्तारूढ दलका नेता तथा कार्यकर्तालाई उन्मुक्ति दिने प्रपञ्च भएको दाबी माओवादीको छ । ‘राष्ट्रियता कमजोर भएको छ । महँगी र भ्रष्टाचारले सीमा नाघिसक्यो । जनजीविकाको विषयमा सरकार बेखबर छ । अभियानको क्रममा यस्ता विषयमा जनतालाई सुसूचित गराउनेछौँ,’ गुरुङले भने ।

एकीकृत समाजवादीले आन्दोलनको कार्ययोजना नै तयार पारेको छ । शुक्रबार जारी केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेसँगै आन्दोलनको कार्यक्रम अघि बढ्ने महासचिव घनश्याम भुसालले बताए । 

‘आगामी दिनमा हामी खासगरी श्रमजीवी जनताका लागि जुन वर्ग र समूहसँग उभिनुपर्छ, तिनीहरूसँग मिलेर एउटा राष्ट्रिय आन्दोलन बनाउन जाँदै छौँ । यो सत्ताको नालायकी र सडकको अराजकताविरुद्ध जिम्मेवार पार्टीको रूपमा उभिने गरी हामीले निर्णय लिएका छौँ । केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरेसँगै हाम्रो आन्दोलन अघि बढ्छ,’ भुसालले भने । 

त्यस्तै, प्रतिपक्षी दल राप्रपाले पनि प्रदेशस्तरीय भण्डाफोर शुरु गरेको छ । गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, सुदूरपश्चिमको धनगढी, मधेशको जनकपुर, बागमतीको काठमाडौं र कर्णालीको सुर्खेतमा भण्डाफोर कार्यक्रम तय महामन्त्री राजेन्द्र गुरुङले बताए ।  उनकाअनुसार शुक्रबार गण्डकी प्रदेशबाट शुरु भएको भण्डाफोर कार्यक्रम १७ फागुनमा लुम्बिनी, १८ फागुनमा सुदूरपश्चिम, २१ फागुनमा मधेश, २५ फागुनमा बागमती र २७ फागुनमा कर्णालीमा पुगेर टुंगिनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE