Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

कांग्रेसमा सहमतिको गाँठो कसिँदै, राष्ट्रिय भेलातर्फ मोडियो इतर पक्ष

संस्थापन पक्षको अडानपछि ‘एकता महाधिवेशन’ अन्योलमा, राष्ट्रिय भेला बोलाउने तयारीमा इतर समूह

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसभित्र जारी शक्ति संघर्ष समाधान हुने संकेत अझै देखिएको छैन। संस्थापन पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित १११ पूर्वकेन्द्रीय सदस्यलाई नयाँ केन्द्रीय समितिमा समेट्न नसकिने र क्रियाशील सदस्यता नवीकरण नगरेकालाई मान्यता दिन नसकिने स्पष्ट अडान लिएपछि इतर पक्ष राष्ट्रिय भेला आयोजना गर्ने तयारीमा पुगेको छ।

चुनदेवीमा सोमबार बसेको इतर समूहको बैठकले संस्थापन पक्ष सहमतिप्रति गम्भीर नदेखिएको निष्कर्ष निकालेको छ। बैठकपछि नेता मीन विश्वकर्मा ले राष्ट्रिय भेलाको मिति र स्वरूपबारे अन्तिम निर्णय आगामी बैठकबाट हुने जानकारी दिए। उनका अनुसार वर्तमान अवस्थामा सहमतिका आधारमा महाधिवेशन हुने सम्भावना निकै कमजोर बनेको छ।

इतर पक्षले सहमतिको प्रयास जारी राख्ने बताएको छ। तर वार्ता निष्कर्षमा पुग्न नसके १५औँ महाधिवेशन आफ्नै रणनीतिअनुसार अघि बढाउने तयारीसमेत थालेको स्रोतको भनाइ छ।

विवादको केन्द्रमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का ले अघि सारेको सातबुँदे प्रस्तावका दुई विषय छन्। तीमध्ये १४औँ महाधिवेशनबाट निर्वाचित सबै पूर्वकेन्द्रीय सदस्यलाई पुनः समेट्ने र सदस्यता नवीकरण नगरेकालाई पनि मान्यता दिने प्रस्ताव संस्थापन पक्षले अस्वीकार गरेको छ।

यद्यपि शेखर कोइराला ले विवाद समाधानका लागि वैकल्पिक संयन्त्र बनाएर बाहिर रहेका नेताहरूको व्यवस्थापन गर्न सकिने मध्यमार्गी प्रस्ताव अघि सारेको बताइएको छ।

यसैबीच पार्टी सभापति गगन थापा ले महाधिवेशनको मिति, सदस्यता छानबिन समिति, निर्वाचन समिति, अनुशासन समिति तथा महाधिवेशन व्यवस्थापनलगायत सबै विषयमा छलफल गर्न आफू तयार रहेको बताएका छन्। जापानस्थित जनसम्पर्क समितिको अधिवेशनलाई भर्चुअल सम्बोधन गर्दै उनले असन्तुष्ट पक्षसँग संवादका लागि ढोका खुला रहेको बताए।

तर उनले दुई विषयमा भने सम्झौता हुन नसक्ने स्पष्ट पारे। उनका अनुसार क्रियाशील सदस्यता नवीकरण नगरेका व्यक्तिलाई मान्यता दिनु पार्टी विधानविपरीत हुन्छ भने अघिल्लो कार्यसमितिका सबै सदस्यलाई वर्तमान केन्द्रीय समितिमा समेट्ने व्यवस्था पनि विधानले अनुमति दिँदैन।

थापाले विधानबाहिर गएर निर्णय गर्न नसकिने दोहोर्‍याउँदै महाधिवेशन निष्पक्ष र विधिसम्मत ढंगले सम्पन्न गराउने जिम्मेवारीबाट पछि नहट्ने बताए।

संस्थापन र इतर पक्षबीचको संवाद जारी रहे पनि दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेकाले कांग्रेसभित्रको विवाद तत्काल समाधान हुने सम्भावना कमजोर बन्दै गएको छ। यस्तो अवस्थामा इतर पक्षको प्रस्तावित राष्ट्रिय भेला पार्टीभित्रको शक्ति संघर्षको अर्को निर्णायक मोड बन्न सक्ने देखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुमार्गीमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सर्वोच्चको अन्तरिम रोक

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गी माथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ। न्या...

कांग्रेसमा सहमतिको गाँठो कसिँदै, राष्ट्रिय भेलातर्फ मोडियो इतर पक्ष

संस्थापन पक्षको अडानपछि ‘एकता महाधिवेशन’ अन्योलमा, राष्ट्रिय भेला बोलाउने तयारीमा इतर समूह

कोशी प्रदेशसभाः बजेटमाथिको प्रश्नमा मन्त्रीहरूको जवाफ

विराटनगर । कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका छन्। आर्थिक मा...

सुकुम्बासीका आँसु देखेर पनि राज्य संवेदनशील भएनः रास्वपा सचेतक क्रान्तिशिखा

सरकारको कार्यशैलीमाथि सार्वजनिक प्रश्नः ‘के अभिभावकीय राज्य यस्तै हुन्छ ?’

रास्वपाको संशोधित विधानमा सभापतिलाई थप अधिकार, संसदीय दलका नेतामाथि नीतिगत नियन्त्रणको व्यवस्था

सभापतिको निर्देशन पालना नगरे संसदीय दलको नेता पद रिक्त हुने प्रावधान, प्रधानमन्त्री पदमा पनि पर्न सक्छ प्रभाव

टेरामक्स भ्रष्टाचार प्रकरणमा कांग्रेस नेता बस्नेतले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाध...

संविधान र व्यवस्थाको रक्षामा कांग्रेस–एमाले–नेकपाबीच सहकार्य, घेराबन्दीमा पर्दै बालेन

आन्तरिक किचलोबीच साझा मुद्दामा संसददेखि सडकसम्म सहकार्य गर्ने संकेत

दलाई लामाको जन्मदिनमा जुलुस र सार्वजनिक कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...

मानव–वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान खोज्छौँ : मन्त्री गौतम

ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता

तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा

दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending