काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धिताल ले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले अपनाएको कार्यशैलीमाथि सार्वजनिक रूपमा असन्तुष्टि जनाएकी छन्। आफ्नै सरकारको कदमप्रति प्रश्न उठाउँदै उनले राज्यले संवेदनशीलता, योजना र जिम्मेवारी गुमाएको टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै धितालले सडकमा बगेका सुकुम्बासीका आँसुले राज्यको असक्षमता र संवेदनहीनता उजागर गरेको बताएकी छन्। उनका अनुसार सुकुम्बासी व्यवस्थापन आवश्यक भए पनि त्यसको नाममा अपनाइएको बल प्रयोग र प्रक्रियाले समस्या समाधान गर्नुको साटो राज्यको कमजोरी मात्र छर्लङ्ग पारेको छ।
चुनावका बेला रास्वपाले गरेका प्रतिबद्धता स्मरण गराउँदै उनले अहिलेको कार्यशैलीमाथि नै प्रश्न उठाएकी छन्। ‘सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्रअनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ?’ उनले लेखेकी छन्।
धितालले राज्यले नागरिकको अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै असंवेदनशील व्यवहार देखाएको आरोप लगाएकी छन्। पर्याप्त तयारी, स्पष्ट योजना र मानवीय दृष्टिकोणबिना अघि बढाइएको अभियानले सरकारको क्षमता र निर्णय प्रक्रियामाथि नै प्रश्न उठाएको उनको भनाइ छ।
‘जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो काम अघि बढाइनुपर्थ्यो, त्यसरी भएन। यसले समस्या समाधान होइन, राज्यको कमजोरी र असक्षमता मात्रै उजागर गर्यो,’ उनले उल्लेख गरेकी छन्।
सत्तारुढ दलकै प्रमुख नेतामध्ये एकले सरकारको सुकुम्बासी व्यवस्थापन शैलीमाथि खुलेर असन्तुष्टि जनाएपछि यो विषयले सरकारभित्रै फरक मत सतहमा आएको संकेत गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - २१:१०
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारमा रहेको सत्ता सहकार्य संकटमा परेको छ। दुई दलबीचको सहमति कमजोर बन्दै जाँदा सातै प्रदेशमा नयाँ ...
आषाढ़ ३१ गते, २०८३ - २०:५२
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।...
आषाढ़ ३१ गते, २०८३ - २०:३९
काठमाडौं । करिब दुई वर्षअघि सातबुँदे सहमतिसहित सुरु भएको नेपाली कांग्रेस–एमालेको सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कर्णाली र सुदूरपश्...
आषाढ़ ३१ गते, २०८३ - २०:१९
बारा । जनकपुरधामबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितले गृहमन्त्री सुधन गुरुङसँगको वार्ताबाट पनि ठोस आश्वासन नपाएपछि आन्दोलन थप कडा बन...
आषाढ़ ३१ गते, २०८३ - २०:०९
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिको सम्पत्ति छानबिन सम्बन्धी सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोक्न अन्तर...
आषाढ़ ३१ गते, २०८३ - १९:५६
काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कार...
आषाढ़ ३१ गते, २०८३ - ०९:१६
बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...
आषाढ़ ३१ गते, २०८३ - ०९:०६
पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...
आषाढ़ ३१ गते, २०८३ - ०८:५७
काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...
आषाढ़ ३१ गते, २०८३ - ०८:५२
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...



प्रतिकृया लेख्नुहोस्: