Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

सिरहा घटनाका दाेषीलाई कारबाही गर्न दलित संघसंस्थाको माग

खबरडबली संवाददाता

काठमाडौं । अन्तरजातीय विवाहका कारण दलित समुदायमाथि भइरहेका हत्या, हिसां र विभेदका घटना तत्काल वन्द गरी दोषीलाई कारवाही गर्न दलित संघसंस्थाले माग गरेका छन् । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी रिंकु सदायको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै नेपाल दलित मुक्ति मोर्चाले बिहीबार विरोध प्रदर्शन गरी न्यायको माग गरेको छ । 

संयुक्त दलित राजनीतिक संघर्ष समितिले अन्तरजातीय विवाहका कारण भइरहेका हत्या र हिंसाका घटनामा संलग्नलाई तत्काल कारवाही गरी पीडित परिवारलाई न्याय दिन गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको थियो । तर सरकारले विभेदका घटनाहरुलाई गम्भीरताका साथ नलिएपछि दलित संघसंस्था विरोधमा उत्रिएका छन् । 

दलित समुदायमाथि श्रृखलाबद्ध हत्या र विभेदका घटना भइरहेको तर प्रहरी प्रशासन र सरकारले वेवास्ता गरिरहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य परशुराम रम्तेलले  बताए । छुवाछूत, विभेद, उत्पीडन र हत्याविरुद्ध सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको उनले बताए ।मोर्चाका अध्यक्ष तथा पूर्व मन्त्री दलजित श्रीपालीले दलित समुदायमाथि भएका संरचनात्मक हिंसाका घटनामा मेलमिलाप गरिने, परिवारको घेराभन्दा बाहिर लैजान नदिने, झुट्टा मुद्दामा फसाउने, ऐन कानुनलाई बेवास्ता गर्ने कामहरु भइरहेका तर सरकार मुकदर्शक भएको बताए । 

सर्लाहीका सत्येन्द्र राम र नेहा गुप्ताको अन्तरजातीय बिहे हुँदा तत्काल पक्राउन गरेको प्रहरीले रिंकु सदायको घटनामा भने पक्राउ नगरिएकोमा विरोध भइरहेको छ । मोर्चाका अनुसार सदाय माघ २७ गते राति ९ बजेतिर शौचालय गएकी थिइन् । बिहान ३ बजे आफै घर फर्केपछि बलात्कार भएको परिवारलाई भनेकी थिइन् । रिंकुले स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन मण्डलले आफूलाई बलात्कार गरेको आमासँग भनेकी थिइन् । 

पीडित परिवारका फागुन १ गते किटानी जाहेरी दिएका थिए । बिहिबार पुनः पुरक जोहरी दर्ता गराएका छन् । घटनामा संलग्न तीन जना फरार छन् । घटना भएको १२ दिन वितिसक्दा पनि प्रहरीले पक्राउ गरेको छैन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE