Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सिरहा घटनाका दाेषीलाई कारबाही गर्न दलित संघसंस्थाको माग

खबरडबली संवाददाता

काठमाडौं । अन्तरजातीय विवाहका कारण दलित समुदायमाथि भइरहेका हत्या, हिसां र विभेदका घटना तत्काल वन्द गरी दोषीलाई कारवाही गर्न दलित संघसंस्थाले माग गरेका छन् । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी रिंकु सदायको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै नेपाल दलित मुक्ति मोर्चाले बिहीबार विरोध प्रदर्शन गरी न्यायको माग गरेको छ । 

संयुक्त दलित राजनीतिक संघर्ष समितिले अन्तरजातीय विवाहका कारण भइरहेका हत्या र हिंसाका घटनामा संलग्नलाई तत्काल कारवाही गरी पीडित परिवारलाई न्याय दिन गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको थियो । तर सरकारले विभेदका घटनाहरुलाई गम्भीरताका साथ नलिएपछि दलित संघसंस्था विरोधमा उत्रिएका छन् । 

दलित समुदायमाथि श्रृखलाबद्ध हत्या र विभेदका घटना भइरहेको तर प्रहरी प्रशासन र सरकारले वेवास्ता गरिरहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य परशुराम रम्तेलले  बताए । छुवाछूत, विभेद, उत्पीडन र हत्याविरुद्ध सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको उनले बताए ।मोर्चाका अध्यक्ष तथा पूर्व मन्त्री दलजित श्रीपालीले दलित समुदायमाथि भएका संरचनात्मक हिंसाका घटनामा मेलमिलाप गरिने, परिवारको घेराभन्दा बाहिर लैजान नदिने, झुट्टा मुद्दामा फसाउने, ऐन कानुनलाई बेवास्ता गर्ने कामहरु भइरहेका तर सरकार मुकदर्शक भएको बताए । 

सर्लाहीका सत्येन्द्र राम र नेहा गुप्ताको अन्तरजातीय बिहे हुँदा तत्काल पक्राउन गरेको प्रहरीले रिंकु सदायको घटनामा भने पक्राउ नगरिएकोमा विरोध भइरहेको छ । मोर्चाका अनुसार सदाय माघ २७ गते राति ९ बजेतिर शौचालय गएकी थिइन् । बिहान ३ बजे आफै घर फर्केपछि बलात्कार भएको परिवारलाई भनेकी थिइन् । रिंकुले स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन मण्डलले आफूलाई बलात्कार गरेको आमासँग भनेकी थिइन् । 

पीडित परिवारका फागुन १ गते किटानी जाहेरी दिएका थिए । बिहिबार पुनः पुरक जोहरी दर्ता गराएका छन् । घटनामा संलग्न तीन जना फरार छन् । घटना भएको १२ दिन वितिसक्दा पनि प्रहरीले पक्राउ गरेको छैन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending