Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको निधन

खबरडबली संवाददाता

काठमाडौँ। प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्‍याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको ९३ वर्षको उमेरमा निधन भएको छ । 

काठमाडौँको भोटबहालस्थित आफ्नै निवासमा सोमबार राति साढे १ बजे उनको निधन भएको नेपाली कांग्रेसका नेता फूलकुमार लालवानीले जानकारी दिइन्।

स्वर्गीय नौलखाप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल उनको निवास पुगेको थिइन्। महामन्त्री पौडेलले नौलखाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे।

स्वर्गीय इन्दुदेवीका श्रीमान् भीमराज नौलखा जननायक बिपी कोइरालाका अनन्य सहयात्री थिइन्। वि।सं। २००७ सालको क्रान्तिका क्रममा श्रीमान् भीमराज प्रजातन्त्र स्थापनाको आन्दोलनमा होमिएका बेला इन्दुदेवीले नेपाली कांग्रेसलाई एक सय तोला सुन दान गरेर क्रान्तिमा ठुलो आर्थिक सहयोग पुर्‍याएको थिइन्।

मारवाडी समुदायका भीमराज र इन्दुदेवीले कठिन समयमा पुर्‍याएको सोही योगदानका कारण यो परिवार सधैँ कोइराला परिवारसँग निकट रहेको बताइन्छ । 

उनले लामो समयसम्म प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको थिइन् । उनका श्रीमान् भीमराजको यसअघि नै निधन भइसकेको छ ।

स्वर्गीय नौलखाको इच्छाअनुसार उनको मरणोपरान्त नेत्रदान गरिएको छ । तेरापंथ युवक परिषद्, काठमाडौँको समन्वयमा उनको आँखा दान गरिएको परिवारले जनाएको छ । उनले जीवित छँदै आफ्नो मृत्युपश्चात् नेत्रदान गर्ने स्वीकृति दिएको थिइन् । स्वर्गीय इन्दुदेवीको मङ्गलबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...

निर्वाचनको परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...

पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न रास्वपाका नेताहरुलाई राजु पाण्डेको आग्रह

काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानम...

भोलि भारत जादै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने तयारीमा छन्। उनी नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा गेस्ट अफ अनरको ...

गृहमन्त्री अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङल बीच शिष्टाचार भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा...

ग्यास अभाव र मूल्यवृद्धि: संकटको समयमा उपभोक्ता ठग्ने विक्रेतालाई कारवाही गर्न माग

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई...

रूपन्देहीमा ६ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद

सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...

पार्टीलाई विजयी गराउन नसकेको भन्दै रास्वपा रुकुम पश्चिमका सभापति शाहीले दिए राजीनामा

रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...

अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरे

काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...

बाँकेमा ४७ उम्मेदवारको जमानत जफत

नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE