जनकपुरधाम । जलवायु परिर्वतनका कारण कृषिका साथसाथै पशुपालनको क्षेत्रमा समेत विभिन्न खालका प्रभाव पर्न थालेकाले पशुपालकले अगामी दिनमा जलवायु सहनशील पशुपालन अभ्यासलाई अपनाउनु पर्नेमा विज्ञले जोड दिएका छन् ।
एफ.ए.ओ.को सहयोगमा केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपालले धनुषाको नक्टाझिझमा आयोजना गरेको जलवायु स्मार्ट डेरी उत्पादन अभ्यासको प्रयोग सम्बन्धी सरोकारवालाको अन्तरक्रिया कार्यक्रममा विज्ञले यस्तो बताएका हुन् ।
कार्यक्रममा विषय विज्ञ श्याम यादवले जलवायु परिवर्तनका कारण तापक्रम अधार रेखा भन्दा एक डिगरी सेल्सियसले बढ्दा पशुको फिड इन्टेक करिब तीन प्रतिशतदेखि पाँच प्रतिशतसम्मले घटाउने गरेको कारण खर्चमा वृद्धि र दूध उत्पादन घटने गरेको बताए ।
कार्यक्रममा पशु विज्ञ एवम् दुग्ध विकास बोर्ड मधेश प्रदेशका उपाध्यक्ष डा. शम्भू साहले जलवायु परिवर्तनका कारण पशुमा आन्तरिक परजीवीको संक्रमण बढ्ने र तापक्रमले भेक्टरबोर्न रोगको सम्भावना रहने गरेको भन्दै पशुपालकले दिगो पशुपालन विधि अपनाउँदा हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तनका असरलाई कम गर्न मद्दत गर्ने बताए ।
केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष नथुनी यादव, हेफर इन्टरनेशनलका प्रविण सिंह सहितकाले जलवायु परिवर्तनबाट पशुपालन र डेरी उत्पादनमा देखिएको असरबाट जोगिने योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा धनुषाको विभिन्न पालिकाका पशुपालक किसान र डेरी संचालकको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: