विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम हुँदै गएको बताएका छन् ।
मोरङको बुढीगंगा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको उद्घाटन गर्दै आइतबार सांसद कोइरालाले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न रिपोर्टका कारण देशलाई अफ्ठ्यारोमा पारेको बताए ।
‘देशको आर्थिक अवस्थामा कमजोर हुँदै गएको छ । उत्पादकत्व वृद्धि हुन सकेको छैन । परनिर्भरता बढ्दै गएको छ,’ उनले भने, ‘अर्कातिर ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई), सिपीआइलगायत अन्तर्राष्ट्रिय संस्थाहरूको रिपोर्टले नेपालमा भ्रष्टाचार व्यापक मात्रामा बढेको देखाएको छ । यसले अन्तर्राष्ट्रियस्तरमा देश बदनाम भएको छ । देश अफ्ठ्यारो अवस्थामा परेको छ ।’
नेता कोइरालाले सिपिआइको पछिल्लो रिपोर्टले विश्वका १८० मुलुकमध्ये नेपाल १०० मा ३४ अंकका साथ बढी भ्रष्टाचार हुने मुलुकको १०७ औं स्थान पर्नु लज्जाको विषय भएको बताए ।
नेता कोइरालाले भ्रष्टाचारविरुद्ध निर्मम हुनु आवश्यक रहेको औंल्याए । देशमा सुशासन नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढ्दै गएको नेता कोइरालाले प्रस्ट पारे ।
सुशासन, पारदर्शिता, जिम्मेवारीबोध नहुँदा विकासले गति लिन नसकेको उनको कथन थियो । नेता कोइरालाले भ्रष्टाचार, विकृति, विसंगतिविरुद्ध जनता एकजुट भएर लड्नुपर्नेमा जोड दिए । ‘जस्तोसुकै परिस्थिति आए पनि देश नेता र जनता मिलेरै बनाउने हो,’ नेता कोइरालाले थपे, ‘यो देश हामीले नै हो बनाउने, देशभित्रै बसोबास गर्नेले बनाउने हो । विदेशी आएर बनाउने होइन । त्यसो भएकाले सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नु जरुरी छ ।’
कोइरालाले विद्यालयस्तरदेखि नै स्वास्थ्य सचेतना फैलाउनु आवश्यक रहेको औंल्याए । उनले मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ भएमा मात्रै देश सुन्दर र विकसित हुने बताए । ‘अस्वस्थ र रोगी मानिसले देश बनाउन सक्दैन,’ उनले थपे, ‘देश स्वस्थ मानिसले बनाउने हो । यदि जनता अस्वस्थ भएमा देशको पैसा पनि स्वास्थ्य उपचारमै खर्च हुन्छ । त्यसो भएकाले रोग लाग्न नदिन जनस्तर अझ विद्यालय तहदेखि नै व्यापक मात्रामा सचेतना जगाउनु आवश्यक छ ।’
आवश्यक मात्रामा दैनिक शुद्ध पानी पिउनाले ७० देखि ८० प्रतिशत रोग नलाग्ने चिकित्सकहरूले नै बनाउने गरेको उनको टिप्पणी थियो । उनले जनतालाई अस्पताल नै नजाने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘घर-घरमा पुगेर स्वास्थ्यसँग सम्बन्धित सचेतना फैलाउन सकिए धेरै मानिस निरोगी हुन्छन्,’ उनको कथन थियो, ‘जसबाट अस्पतालहरूमा देखिँदै आएको भीड कम हुनेछ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: