काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्फको पानी आपूर्ति रोक्न बाध्य हुने चेतावनी दिएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मेलम्चीको ड्याम रहेको सुन्दरीजल तथा गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा आफ्नै क्षेत्रमा पर्याप्त पानी नपाएर सास्ती भोग्नुपरेको बताए।
सांसद पाण्डेले खानेपानी वितरण प्रणालीमा कर्मचारी र प्राविधिकबीचको मिलेमतोका कारण केही क्षेत्रमा नियमित पानी पुग्ने र केही क्षेत्र उपेक्षित हुने अवस्था रहेको आरोप लगाए। उनले यस्तो कार्यशैलीका कारण सर्वसाधारणले अनावश्यक दु:ख पाइरहेको बताए।
‘ड्याम गोकर्णेश्वरमा छ, तर त्यहाँका वडा नं. १ देखि ९ सम्मका बासिन्दा पानीको अभावमा छन्। मुहान क्षेत्रका नागरिकले नै पानी नपाउने तर त्यहीँबाट अन्यत्र आपूर्ति गर्ने अवस्था अब स्वीकार्य छैन। यदि स्थानीयको समस्या तत्काल समाधान भएन भने हामी ड्याम बन्द गरेर पानी आपूर्ति रोक्न बाध्य हुनेछौं,’ उनले भने।
अन्य नेताजस्तो आश्वासन मात्र नदिने उल्लेख गर्दै सांसद पाण्डेले गोकर्णेश्वरका बासिन्दाले पानी नपाए आफू स्वयं आन्दोलनको नेतृत्व गर्न तयार रहेको बताए।
उनले आरुबारीमा निर्माणाधीन दुई करोड लिटर क्षमताको खानेपानी ट्याङ्कीको ठेक्का रद्द भएर नयाँ प्रक्रियामा जान लागेको उल्लेख गर्दै दोस्रो चरणको पाइपलाइन विस्तारमा भएको ढिलाइले स्थानीयवासी थप समस्यामा परेको बताए।
सांसद पाण्डेले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) तथा आयोजनामा कार्यरत इन्जिनियर र कर्मचारीलाई वितरण प्रणाली प्रभावकारी बनाउन तथा कार्यशैली सुधार्न आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...
आषाढ़ २४ गते, २०८३ - १४:४६
काठमाडौँ। फिफा विश्वकप प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ । बिहीबारदेखि सेमिफाइनल प्रवेशका लागि विभिन्न श...
आषाढ़ २४ गते, २०८३ - १४:३५
काबुल । गत जुन महिनामा करिब ७६ हजारभन्दा बढी अफगान शरणार्थी छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ । अफगान सरकारका उप प्र...
आषाढ़ २४ गते, २०८३ - १३:५४
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्...
आषाढ़ २४ गते, २०८३ - १३:४४
हेटौँडा। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। लागूऔष...
आषाढ़ २४ गते, २०८३ - १३:३२
काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्ट जवाफ द...
आषाढ़ २४ गते, २०८३ - १३:२०
प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?
आषाढ़ २४ गते, २०८३ - १२:५०
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको असंसदीय अभिव्यक्ति संसद्को अभिलेख (र...
आषाढ़ २४ गते, २०८३ - १२:३९
काठमाडौं। प्रधानमन्त्रीले आज बुधबार दिउँसो ३:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारमा बस्न...
आषाढ़ २४ गते, २०८३ - १२:२१
बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट लडेर घाइते भएका कामदारको उपचारको क्रममा मृत्यु भएको छ । मंगलवार बिहान ९:४० बजे बाह्...



प्रतिकृया लेख्नुहोस्: