Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

अध्यादेशमा उपेन्द्र अझै अनिर्णीत

खबरडबली संवाददाता

काठमाडौं । सरकारबाट संसद्मा टेबुल गरिएका ६ वटा अध्यादेश स्वीकृत वा अस्वीकृत गराउन निर्णायक बनेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशको विषयमा बिहीबारसम्म कुनै निर्णय गरेनन्।

सरकारले अध्यादेश स्वीकृतिका लागि बिहीबारको संसद् बैठकको कार्यसूचीमा राखेकै दिन जसपा नेपालको संसदीय दलको बैठक बसेको र अध्यादेशको विषयमा छलफल गरेको पार्टी प्रवक्ता मनीष सुमनले बताए।

सुमनको भनाइअनुसार अध्यादेशको विषयमा पार्टीले आइतबारसम्म कुनै निर्णय गर्नेछैन। किनकि संसद्को अर्को बैठक आइतबारका लागि बोलाइएको छ। अध्यादेशको विषयमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। दुवै जनासँगको छलफलपछि पनि पार्टी टुंगोमा नपुगेको प्रवक्ता सुमनले बताए। उनका अनुसार दुवै नेतासँगको छलफलमा ओली र देउवाले अध्यादेश पास गर्न सहयोग गर्न यादवलाई आग्रह गरेका थिए।

यादवले अध्यादेशको विषयमा अध्ययन गर्न पार्टीले गठन गरेको कार्यादलले बुझाएको प्रतिवेदनसमेत अध्ययन गरी जवाफ दिने बताएका थिए। ‘प्रधानमन्त्री ओली र सभापति देउवाज्यूले अध्यादेश पास गर्न सहयोग गर्नुहोस् मात्र भन्नुभयो, अन्य विषयमा कुनै कुरा गर्नुभएन।

जवाफमा हाम्रा अध्यक्षज्यूले अध्यादेशको विषयमा अध्ययन गरेर बताउने भन्नुभयो,’ सुमनले भने, ‘अध्यादेश पारितका लागि सहयोग गर्ने या असफल बनाउन भूमिका निभाउने भन्ने विषयमा हामी अझै निर्णयमा पुगिसकेका छैनौं।’

पार्टीका एक नेताका अनुसार कांग्रेस र एमालेले मधेस प्रदेश सरकारको नेतृत्व गर्न जसपा नेपाललाई दिए मात्र अध्यादेश पारित गराउन सहयोग दिइनेछ। उक्त माग पूरा नभए जसपा नेपाल अध्यादेशको विरोधमा उभिन सक्छ।

अहिले मधेस प्रदेश सरकरको नेतृत्व जनमत पार्टीले लिएको छ र मधेस प्रदेशमा जसपा नेपाल सरकारबाहिर छ। जसपा नेपाल जसरी पनि मधेस प्रदेशबाट जनमत पार्टीलाई अलग गराउन चाहन्छ। किनभने पछिल्लो समय जसपा नेपाल र जनमत पार्टीबीच राम्रो सम्बन्ध छैन। दुवै पार्टीले मधेस प्रदेशमा आफू पहिलो नम्बरको पार्टी भएको दाबी गर्दै आएका छन्।

यादव र जनमतका अध्यक्ष सिके राउत दुवैले आफूलाई तराई–मधेसको पहिलो नेता ठान्ने गर्छन्। यद्यपि यादवसित ओली र देउवासँग भएको भेटमा मधेस प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा कुराकानी नभएको सुमनले दाबी गरे। मधेस प्रदेश सरकारको नेतृत्व जसपा नेपालले गर्ने मौका पायो भने सुमन मुख्यमन्त्री बन्ने सम्भावना छ। जसपाका अर्का एक नेताले भने, ‘यतिबेला हामीलाई संघीय सरकारमा एउटा मन्त्रालय लिनुभन्दा पनि मधेस प्रदेश सरकारको नेतृत्व लिनु महत्त्वपूर्ण हुनेछ।’

मंगलबार जसपाका कार्यकारिणी समितिको बैठक बसीरहेका बेला पार्टी अध्यक्ष यादवलाई प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टेलीफोन गरेका थिए। दुवैले आफ्नो लाइनमा सहयोग गर्न यादवलाई आग्रह गरेका थिए। राष्ट्रिय सभाको अहिलेको संरचनाअनुसार जसपाको सहयोगबिना राष्ट्रिय सभामा अध्यादेश पास हुने अवस्था छैन। त्यसैले यतिबेला यादवको बार्गेनिङ पावर ह्वात्तै बढेको जसपाकै एक नेताले बताए।

ती नेता भन्छन्, ‘पार्टी फुट्दा हामीलाई जसरी माइनस गर्न खोजिएको थियो, अहिले हाम्रो हैसियत सत्ता पक्षीय र प्रतिपक्षीय दुवैले बुझेको देखियो।’

प्रवक्ता सुमनका अनुसार अध्यादेशको विषयमा अध्ययन गर्न पार्टी अध्यक्ष यादवले पार्टीका नेता राजकिशोर यादवको संयोजकत्वमा गठन गरेको कार्यदलले बिहीबार नै पार्टी अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ। सम्बन्धित क्षेत्रका विज्ञहरूको समेत सरसल्लाह लिएर प्रतिवेदन तयार गरिएको सुमनले बताएको समाचार भुवन शर्माले नागरिक दैनिकमा लेखेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending