Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

खबरडबली संवाददाता

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित्र सक्ने लक्ष्यसहित ठेक्का दिइएको पुल एक वर्षमै तयार भएपछि आगामी सोमबार उद्घाटन गर्ने तयारी गरिएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको करिब १५ करोड ७३ लाख ९५ हजार रुपैयाँ लागतमा निर्माण भएको ४८२ मिटर लामो र १.६ मिटर चौडाइको यो पुल टीकापुर नगरपालिका–५ र राजापुर नगरपालिका–१ लाई जोड्छ ।

निर्माण कम्पनी थानी निर्माण सेवा, काठमाडौँका प्रतिनिधि विक्रम बस्नेतका अनुसार करिब ७५ मिटर गहिराइबाट पाइलिङ गरी मल्टी–स्पान ट्रेल ब्रिज निर्माण गरिएको हो, जुन संरचनात्मक रूपमा अन्य पुलभन्दा फरक रहेको छ । पुलको बीच भागमा पर्यटकले रोकिएर अवलोकन गर्न मिल्ने व्यवस्था तथा साना सवारी साधन रोक्न मिल्ने पार्किङसमेत निर्माण गरिएको छ ।

यसअघि कर्णाली नदी पार गर्न स्थानीयले डुङ्गाको भर पर्नुपर्ने वा करिब सात किलोमिटर टाढा हुलाकी राजमार्गको पुल प्रयोग गर्नुपर्ने बाध्यता थियो । अब त्यो कठिनाइ अन्त्य भएको स्थानीय बासिन्दा सृष्टि चौधरी बताउनुहुन्छ ।

दोधारा–चाँदनी पुलको झल्को दिने संरचना भएकाले यो क्षेत्र पर्यटकीय दृष्टिले समेत आकर्षक बन्ने अपेक्षा गरिएको छ । पुल हेर्न आउने पर्यटकको चहलपहल बढ्न थालेको अटोचालक सुन्दर चौधरीले बताउनुभयो ।

यो पुल कैलाली–बर्दिया जोड्ने चौथो संरचना हो । यसअघि चिसापानी, सत्तीघाट र सन्कट्टीघाटमा पक्की पुल निर्माण भइसकेका छन् । सन्कट्टीघाटको ७५२ मिटर लामो पुलमा करिब एक अर्ब १८ करोड रुपैयाँ लागत लागेको थियो, जसमा हाल यातायात सञ्चालन भइसकेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...

२४ वर्षपछि हेटौँडा कपडा उद्योगमा फेरि चहलपहल, दुई महिनाभित्र परीक्षण उत्पादन

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...

पदबहालीसँगै काउन्सिल अध्यक्ष श्रेष्ठको घोषणा : एआई निर्देशिका बन्छ, प्रेस स्वतन्त्रता प्राथमिकतामा

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...

बर्डफ्लुले कुखुरा संकटमा, खसी–राँगा–माछामा मनपरी मूल्य

काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...

नारायणगढ–मुग्लिनमा पहिरो पन्छिँदै, हेटौँडाबाट काठमाडौंतर्फ सवारी सञ्चालन सुरु

काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...

सुनसरीमा विद्युत् कार्यालयको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...

सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाखको चेक बाउन्स : कीर्ते, बैंक र अनुसन्धानमाथि उठे गम्भीर प्रश्न

काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending