Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

खबरडबली संवाददाता

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिटी रंगशालामा अल्जेरियाविरुद्ध भएको खेलमा मेस्सीले १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

योसँगै छैटौँ पटक विश्वकप खेलिरहेका मेस्सीले पहिलो पटक विश्वकप ह्याट्रिक गर्ने उपलब्धि पनि हात पारेका छन् । विश्वकप इतिहासमा यो उनको अहिलेसम्मकै उत्कृष्ट व्यक्तिगत प्रदर्शनमध्ये एक मानिएको छ ।

मेस्सीले यस खेलसँगै विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्‍याउँदै जर्मनीका मिरोस्लाभ क्लोजले बनाएको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । २००६ मा विश्वकप डेब्यु गरेका मेस्सीले २०१० बाहेक सबै संस्करणमा गोल गर्दै आएका छन् ।

कतार विश्वकप २०२२ मा अर्जेन्टिनालाई उपाधि जिताएका मेस्सीले यसअघि नै विश्व फुटबलमा आफ्नो विरासत स्थापित गरिसकेका थिए । अल्जेरियाविरुद्धको खेलसँगै उनले विश्वकपमा २७ खेल खेल्ने कीर्तिमानसमेत बनाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...

२४ वर्षपछि हेटौँडा कपडा उद्योगमा फेरि चहलपहल, दुई महिनाभित्र परीक्षण उत्पादन

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...

पदबहालीसँगै काउन्सिल अध्यक्ष श्रेष्ठको घोषणा : एआई निर्देशिका बन्छ, प्रेस स्वतन्त्रता प्राथमिकतामा

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...

बर्डफ्लुले कुखुरा संकटमा, खसी–राँगा–माछामा मनपरी मूल्य

काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...

नारायणगढ–मुग्लिनमा पहिरो पन्छिँदै, हेटौँडाबाट काठमाडौंतर्फ सवारी सञ्चालन सुरु

काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...

सुनसरीमा विद्युत् कार्यालयको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...

सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाखको चेक बाउन्स : कीर्ते, बैंक र अनुसन्धानमाथि उठे गम्भीर प्रश्न

काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending