Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

मिर्चैया–कटारी–घुर्मी सडक स्तरोन्नति गर्न ‘इआइए’ स्वीकृत

खबरडबली संवाददाता

उदयपुर । वन तथा वातावरण मन्त्रालयले सिद्धिचरण राजमार्गअन्तर्गत पर्ने सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी–घुर्मी सडकखण्ड स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत गरेको छ ।

सडक विभागले उक्त प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको थियो । मङ्गलबार वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रतिवेदन स्वीकृत भएको पत्र पठाएको प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले जानकारी दिए । 

सोमबारको मन्त्रिस्तरीय निर्णयबाट प्रतिवेदन स्वीकृत गरी मन्त्रालयका वातावरण प्रभाव अध्ययन शाखाका वन अधिकृत लोकनाथ घिमिरेले सडक विभाग र वातावरण विभागलाई प्रतिवेदन स्वीकृत भएको पत्र पठाउनुभएको संसद् रायमाझीले बताए । 

प्रतिवेदनअनुसार निर्माण सुरु गरेको ३० महिनामा काम सम्पन्न गर्ने योजनासहित आयोजनाको कूल लागत ९ अर्ब ४७ करोड रुपैयाँ अनुमान गरिएको छ । उक्त सडक स्तरोन्नति भएमा सिरहाको मिर्चैया नगरपालिका र उदयपुरको कटारी नगरपालिकावासी प्रत्यक्ष लाभान्वित हुनेछन् । पहाडी जिल्लाहरु ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ लगायतलाई मधेससँग प्रत्यक्ष आवतजावत गर्न सहज हुनेछ । 

दशकौँदेखिको स्तरोन्नति हुन नसकेको यस सडकखण्ड स्तरोन्नति गर्ने बाटो खुलेको कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । “यो सडक स्तरोन्नतिका लागि हामी सबै डेलिगेसन गएका छौँ, प्रतिवेदन स्वीकृत भएपछि बजेट कार्यान्वयनको बाटो खुल्छ”, उनले भने ।

यस सडकखण्डको लम्बाइ ७२ किलोमिटर रहेको छ । उक्त सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा केन्द्र सरकारले १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रतिवेदनअनुसार यस सडकलाई सहरी इलाकामा १३ मिटर चौडाइ, ग्रामीण भेग (पहाड) मा ८.५ मिटर र तराईमा १० मिटर फराकिलो हुने योजना छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending