Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

धादिङमा ५२ किलो अफिम र भरुवा बन्दुक बरामद

खबरडबली संवाददाता

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम बरामद गरिएको हो ।

अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । प्रतिवादी खोज्ने क्रममा लागुऔषधको ठूलो कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले तामाङको घरमा खानतलासी गरेको थियो ।

प्रहरी नायब उपरीक्षक दाहालले भने, “गजुरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीको कमाण्डमा खटिएको टोलीले तामाङको घर र गोठमा छापा मारेको थियो ।

खानतलासीका क्रममा बाख्रा बाँध्ने गोठभित्र लुकाएको अवस्थामा ४ फिट ६ इञ्च लामो एक थान भरुवा बन्दुक र दुई थान डिजिटल तराजु फेला परेको थियो । तामाङ सुत्ने कोठाको ओछ्यान नजिकै पाँच वटा प्लास्टिकका बाल्टीमा भरिएको अवस्थामा अफिम जस्तो देखिने कालो लेदो पदार्थ फेला परेको हो ।”

स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा तौल गर्दा खुद तौल ५१ किलो ९८० ग्राम पुष्टि भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए । पक्राउ परेका तामाङ यसअघि लागुऔषध मुद्दामा संलग्न रही फरार रहँदै आएका प्रतिवादी हुन् । बरामद लागुऔषध र हतियारसहित उनलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखी लागुऔषध र अवैध हातहतियार खरखजानासम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला अदालत धादिङबाट म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ । प्रहरीले होवाङबाटै अन्य दुई थान भरुवा बन्दुकसहित २८ वर्षीय विराज तामाङ र सानोकान्छा तामाङलाई आआफ्नै घरबाट पक्राउ गरी थप कारबाही अघि बढाएको छ । दुवै जनालाई आआफ्नै घरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद् बन्द, बजेट बेवारिसे : राजनीतिक रस्साकस्सीले विकासका एजेन्डा ओझेलमा

काठमाडौं । संसद्मा जारी राजनीतिक टकरावले आगामी आर्थिक वर्षको बजेटमाथिको बहस नै ठप्प बनेको छ। झण्डै दुई सातादेखि प्रतिनिधिसभा लगातार अवरुद्ध हुँदा सरका...

संसद बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?

काठमाडाैं । प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छल...

नक्कली प्रहरी बनेर लुटपाट गर्ने दुई जना झापामा पक्राउ

झापा । सादा पोसाकमा आफूलाई प्रहरी कर्मचारी भनेर चिनाउँदै सर्वसाधारणलाई धम्क्याएर लुटपाट गर्ने दुई जनालाई झापा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। ...

कैलालीमा युवकको कुटपिट गरी हत्या, दुई जना पक्राउ

धनगढी । कैलालीको धनगढीमा एक युवकको कुटपिट गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ९ त्रिवेणी घाटस्थित मोहना नदी किना...

हिमाल आरोहणबाट सरकारलाई सवा अर्बभन्दा बढी राजस्व

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारले एक अर्ब २६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। पर्यटन विभागका अन...

२२ अर्बको पोखरा विमानस्थलमा बल्ल अन्तर्राष्ट्रिय ‘ब्रेकथ्रु’, फ्लाई दुबईको दैनिक उडान सुरु हुने

पोखरा । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यूएईको फ्लाई ...

तीन वर्षमै मन्त्रालय छाड्ने घोषणा, महावीर पुनले भने– ‘रातदिन काम गर्छु’

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो कार्यकाल अधिकतम तीन वर्ष रहने बताएका छन्। मंगलबार मन्त्रीको जिम्मेवारी ...

अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण

वासिङ्टन । इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो एउटा हेलिकप्टर खसालेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणको घोषणा गरे...

उपत्यकामा थप वर्षाको सम्भावना, देशभर कस्तो रहला आजको मौसम ?

काठमाडौं ।  काठमाडौं उपत्यकामा गएरातिदेखि नै मौसम बदली र वर्षा भइरहेको छ। तर अहिले (बुधबार बिहान करिब ७ बजे) भने काठमाडौँ उपत्यकामा वर्षा रोकिएको मौसम...

स्वास्थ्य समस्याका कारण प्रचण्ड सर्वदलीय बैठकमा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending