झापा। भद्रपुरस्थित झापाचोकबाट जलथल हुँदै राजगढ जोड्ने हुलाकी राजमार्गअन्तर्गतको सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भत्किन थालेपछि यात्रु तथा स्थानीयले सास्ती खेप्नुपरेको छ। सडकका ठाउँठाउँमा ठुला खाल्डाखुल्डी पर्नुका साथै पुल र कल्भर्ट निर्माण अधुरै रहेकाले दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयवासीको गुनासो छ।
स्थानीय नेत्रविक्रम बिमलीका अनुसार विशेषगरी हल्दीबारी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ क्षेत्रमा पर्ने भुतेनी खोला र भुसुडी खोलामा निर्माण अपूरो अवस्थामा रहेकाले सवारी आवागमनमा समस्या भइरहेको छ । “सडक भत्किएको छ, पुल र कल्भर्ट पनि पूर्ण रूपमा बनेका छैनन्”, उनले भने “दैनिक यात्रा गर्न जोखिमपूर्ण अवस्था छ।”
स्थानीयवासीका अनुसार सडकमा भएका खाल्डाखुल्डीका कारण साना तथा ठूला सवारीसाधन दुर्घटनामा पर्ने क्रम बढ्दो छ । वर्षायाम सुरु हुन लागेकाले सडकको अवस्था अझ जोखिमपूर्ण बन्न सक्नेमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले सडकको दयनीय अवस्थाबारे गाउँपालिकाले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि हालसम्म सुधारको काम अघि नबढेको बताए। “सडकको अवस्थाले सर्वसाधारणलाई दैनिक सास्ती भइरहेको छ”, उनले भने, “पालिकाले पटकपटक ताकेता गरे पनि सम्बन्धित आयोजनाबाट अपेक्षित प्रतिक्रिया आएको छैन।”
हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापाले निर्माण सम्पन्न भएको छोटो समयमै सडक भत्किन थालेपछि निर्माणको गुणस्तरीयतामाथि प्रश्न उठेको बताए। उनले सडकमा दैनिकजसो दुर्घटनाको जोखिम बढिरहेको उल्लेख गर्दै समयमा मर्मत तथा सुधार नगरे थप क्षति हुनसक्नेतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गराए।
हल्दीबारीका स्थानीय प्रल्हाद सेलवालले वर्षायाममात्र नभई हिउँदमा समेत अधुरा पुल र कल्भर्टका कारण स्थानीयवासीले यात्रामा समस्या भोग्नुपरेको बताउनुभयो । “सडक निर्माण भएपछि सहज यात्रा हुने अपेक्षा गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर अहिले झन जोखिमपूर्ण अवस्थामा आवागमन गर्नुपर्ने बाध्यता छ।”
स्थानीयवासीले सडक निर्माणमा लापरवाही भएको आरोप लगाउँदै सम्बन्धित निकायबाट गुणस्तरीय निर्माण तथा प्रभावकारी अनुगमनको माग गरेका छन्। सडक निर्माणमा प्रयोग गरिएको सामग्रीको गुणस्तर र प्राविधिक निगरानीमाथि पनि प्रश्न उठ्न थालेको छ।
यसैबिच, हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत आयोजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले झापाचोकबाट राजगढपारिसम्मको १९ दशमलव ५० किलोमिटर सडकखण्ड निर्माण व्यवसायीले हालसम्म औपचारिक रूपमा हस्तान्तरण नगरेको जानकारी दिए।
उनका अनुसार उक्त सडक निर्माणको ठेक्का आशिष याक्थुङहाङ जेभीले लिएको हो। निर्माण कम्पनी अहिले ‘त्रुटि सच्याउने अवधि’मा रहेकाले भत्किएका तथा बिग्रिएका संरचनाको मर्मत पनि सोही कम्पनीले गर्ने उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - २१:५१
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटा निकाल्ने क्रममा चाङ खस्दा तीन मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएक...
जेष्ठ १ गते, २०८३ - २१:४९
झापा। भद्रपुरस्थित झापाचोकबाट जलथल हुँदै राजगढ जोड्ने हुलाकी राजमार्गअन्तर्गतको सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भत्किन थालेपछ...
जेष्ठ १ गते, २०८३ - २१:४५
धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपा...
जेष्ठ १ गते, २०८३ - १९:५७
काठमाडौँ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका ...
जेष्ठ १ गते, २०८३ - १९:५३
चितवन । पवित्र तीर्थस्थल देवघाटमा ठूलो आशाका साथ निर्माण गरिएको विद्युतीय शवदाह गृह सञ्चालनमै समस्या भएपछि अलपत्र परेको छ । परीक्षणकै क्रममा शव नपोलिन...
जेष्ठ १ गते, २०८३ - १९:५१
भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी ६ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्त...
जेष्ठ १ गते, २०८३ - १९:४८
काठमाडौं । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि चर्किएको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि भारतले चार वर्षपछि पहिलो पटक ...
जेष्ठ १ गते, २०८३ - १९:४१
काठमाडौं। बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेका छन्। बेल्जियमले समूह ‘जी’ मा इजिप्ट, इरान र न्यू...
जेष्ठ १ गते, २०८३ - १९:३६
काठमाडौं । रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बनेको एक महिना मात्रै भएको छ । राजनीतिमा भर्खरै प्रवेश गरेकी मधेशकी एक युवती अचानक देशको उच्च संव...
जेष्ठ १ गते, २०८३ - १९:२९
काठमाडौं । विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग...



प्रतिकृया लेख्नुहोस्: