Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

खबरडबली संवाददाता

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार करिब ५१ हजार ८ सय ६८ घरपरिवारका २ लाख २६ हजार ६ सय ६१ जना नागरिक प्रभावित हुनसक्ने आकलन गरिएको हो ।

प्राधिकरणका अनुसार यसपालिको मनसुन सन् २०१४, २०१६ र २०२२ को मनसुनसँग मिल्दोजुल्दो देखिएको छ । ती वर्षहरूमा देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान र आकस्मिक विपद्ले ठूलो क्षति पुर्‍याएको थियो ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा खराब अवस्थाको अनुमान गर्दा एक हजारदेखि चार हजार घरपरिवार प्रत्यक्ष रूपमा उच्च जोखिममा पर्न सक्छन् । प्रदेश र स्थानीय तहलाई पूर्वतयारीमा सहज बनाउन जोखिमको क्षेत्रगत विश्लेषणसमेत गरिएको उनले बताइन् ।

यस वर्ष देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ । तर तापक्रम बढ्ने संकेतले जोखिम झन् बढाएको विज्ञहरू बताउँछन् । उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने खतरा बढ्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

तराई क्षेत्रमा भने अत्यधिक गर्मी र ‘लु’ को जोखिम बढ्ने देखिएको छ । विशेषगरी मधेश र दक्षिणी तराईका जिल्लामा जनजीवन प्रभावित हुन सक्ने आकलन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णालीको दक्षिणी भूभाग, लुम्बिनीका अधिकांश क्षेत्र, मधेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ ।

त्यस्तै सुदूरपश्चिमका अधिकांश भूभाग, मधेशको पश्चिमी क्षेत्र र कोशीको मध्य भागमा पनि कम वर्षाको सम्भावना उच्च देखिएको छ ।

विपद् प्राधिकरणले यही जोखिम मूल्यांकनका आधारमा देशभर पूर्वतयारी योजना लागू गरिसकेको जनाएको छ । तर हरेक वर्षजस्तै यसपटक पनि प्रश्न उही छ — योजना कागजमै सीमित हुन्छ कि जोखिम आउनुअघि नै तयारी देखिन्छ ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending