उदयपुर । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका सम्पूर्ण बैंक खाता रोक्का भएका छन् । रौता सप्लायर्सलगायतले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको रिटका कारण उद्योगका बैंक खाता रोक्का भएका हुन् । जिल्ला अदालतमा परेको रिटमा सुनुवाइ गर्दै ८ माघमा सबै खाता रोक्का गर्न अदालतले आदेश दिएको हो ।
रौता सप्लायर्सका सञ्चालक सुवास राउतलगायतका सञ्चालकले दिएको मुद्दाउपर जिल्ला अदालतले बैंक खाता रोक्का गर्ने निर्णय गरेसँगै सम्पूर्ण खाता रोक्का भएको उद्योगका लेखा अधिकृत सञ्जीव रेग्मीले जानकारी दिए । उनले भने, ‘सरकारी तथा निजी बैंकहरूमा भएका १८ वटा खाता रोक्का भएपछि आर्थिक कारोबार ठप्प भएको छ ।’ राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंकलगायतका बैंक उद्योगका खाता रहेका थिए ।
उद्योगका निमित्त महाप्रबन्धक महेश साहले रौता सप्लायर्सको मात्र उद्योगले गर्नुपर्ने भुक्तानी ९५ लाख रहेको बताए । सोही रकम उद्योगले नदिएको भन्दै रौता सप्लायर्सले भुक्तानी माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । तर, उद्योगसँग पैसा नभएकाले भुक्तानी नदिएको उनको भनाइ छ । उनले भने, ‘काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध हामी उच्च अदालत पाटन जाने तयारीमा छौँ, खाता फुकुवा भएन भने उद्योग झनै समस्यामा पर्छ ।’
अहिले चालू, पुँजीगत र बचत खाता सबै रोकिएका छन् । संघीय सरकारले दिएको १६ करोडबाट उद्योगमा मर्मत–सम्भारको काम भइरहेको थियो । मर्मत–सम्भार शीर्षकमा सरकारले दिएको १६ करोडबाटै भुक्तानी माग्दै सप्लायर्सका सञ्चालकले मुद्दा हालेपछि समस्या परेको उनको भनाइ छ ।
चालू आर्थिक वर्ष ०८१/८२ को हालसम्म उदयपुर सिमेन्ट उद्योग १८ दिन मात्र चलेको छ । निमित्त महाप्रबन्धक साह भन्छन्, ‘मुख्य समस्या कोइला किन्ने पैसाकै अभावले गर्दा उद्योग पूर्ण रूपमा बन्द हुँदै आएको छ ।’
उद्योग बन्द भएपछि घाटा बढिरहेको छ । उद्योगले तिर्नुपर्ने दायित्व बढेर गएको छ । असोजदेखि माघसम्म पाँच महिना कर्मचारी तलबविहीन भएको निमित्त महाप्रबन्धक साह बताउँछन् । उनले भने, ‘उद्योगमा दुई सय २० जना कर्मचारी र ५९ जना सुरक्षाकर्मीले हालसम्म तलब पाउन सकेका छैनन् ।’ जुन तलब–भत्ताबापत उद्योगले भुक्तानी गर्नुपर्ने रकम मासिक एक करोड ५० लाख हुन्छ ।
उद्योगले भुक्तानी गर्नुपर्ने दायित्व एक अर्ब ५० करोड रहेको उनले बताए । उनले भने, ‘मुख्य दायित्वमा उद्योगबाट अवकाश पाएका ९५ जनाको ४५ करोड, आपूर्ति तथा सप्लायर्सकर्ताको भुक्तानी ६५ करोड, विद्युत् प्राधिकरणको ३० करोड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको १५ करोड, खानी रोयल्टी, अन्तःशुल्क र ठूला करदातालाई तिर्नुपर्ने भ्याट १५ करोड रहेको छ । यसबाहेक डेडिकेटेड फिडर र ट्रंक लाइनकै पुरानो विद्युत् बक्यौता ५५ करोडभन्दा माथि पुगिसकेको साहको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: