सुनसरी । चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं धरानमा जारी २५औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
धरान रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइजले रोयल थिम्पु कलेज भुटानलाई ७–० गोलले हरायो । चर्च ब्वाइजका लागि २१औँ मिनेटमा समीर तामाङले सुरूवाती गोल गरे । उनले आबायोमी फाकुन्लेको पासमा गोल गरेका गरेका थिए ।
यसैगरी २७औँ मिनेटमा अर्मोन्ड बेड्युमले थप एक गोल गरेका थिए । लगत्यै २६औँ मिनेटमा पदम भट्टराईले अर्को गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा ३–० गोलको अग्रता लिएको चर्च ब्वाइजका लागि ४९औँ मिनेटमा रोहन कार्कीको कर्नरमा अर्मोन्ड बेड्युमले थप एक गोल गरे । ५१औँ मिनेटमा समीर तामाङको पासमा फेरि पनि अर्मोन्ड बेड्युमले गोल गरे । यससँगै अर्मोन्डले ह्याट्रिक गरेका थिए ।
५५औँ र ८५औँ मिनेटमा समीर तामाङले पुनः दुई गोल गरेसँगै उनले पनि ह्याट्रिक पूरा गरे । सुरूदेखि नै दबाबमा रहेको भुटानले सान्तवना गोलसमेत गर्न सकेन । खेलको म्यान अफ दि म्याच समीर तामाङ घोषित हुँदै नगद १० हजार रुपियाँ प्राप्त गरे ।
बिहीबारको अन्तिम सेमिफाइनल खेल साविक विजेता न्यूरोड टिम (एनआरटी) र पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब (युकेएफसी)बिच प्रतिस्पर्धा हुनेछ । माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: