Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

सवारी चालक र यात्रुलाई व्यवस्थित ट्राफिक लाइटको नियम लागू

खबरडबली संवाददाता

बाँके । ‘अहिले म सुर्खेतबाट आउँदै छु, एक्कासि अगाडि गाडीहरु रोकिएको देखेँ, दुर्घटना भएछ भन्ने ठानेको थिएँ, तर ‘ट्राफिक लाइट’ बलेर पो अगाडि गाडी रोकिएका रहेछन्’, सुर्खेत बाङ्गेसिमलका प्रवीणकुमार गिरीले ट्राफिक जाममा रोकिँदै नेपालगञ्जमा लागू भएको ट्राफिक लाइटको अनुभव सुनाए ।

उनी नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत आफन्तलाई भेट्नका लागि आज सुर्खेतबाट नेपालगञ्ज आउँदै गर्दा धम्बोझीमा लागू गरिएको ट्राफिक लाइटको नियमलाई पालना गर्दै जाममा रोकिएका थिए । मोटरसाइकल चालक गिरीले ई–रिक्साका कारण नेपालगञ्जको सडक अस्तव्यस्त हुने हुँदा ट्राफिक लाइटको नियम आफूलाई प्रभावकारी लागेको बताए ।

‘म पहिला आइरहँदा यहाँ ई–रिक्साका कारण धेरै पटक दुर्घटना हुनबाट जोगिएको छु’, उनले भने, ‘ट्राफिक लाइटको नियम लागू भएपछि अब त रिक्सा पनि व्यवस्थित रुपमा चल्ने भएछन् ।’ नेपालगञ्जको मुटु मानिने धम्बोझी चोकमा नै ट्राफिक लाइटको नियम लागू भएसँगै पूर्वपश्चिम र उत्तरदक्षिणतर्फबाट तीव्र गतिमा चल्ने सवारी साधन अब ट्राफिक नियमानुसार सुस्त गतिमा चल्न लागेका छन् ।

गत वर्षको चैतमा उक्त ट्राफिक लाइटको परीक्षणकाल सुरु गरिए पनि गत पुसको २८ गतेदेखि नियमित रुपमा लागू भएको ट्राफिक लाइटले सडकलाई मात्र नभई सवारी साधन चालक र यात्रुलाई समेत व्यवस्थित रुपले सडकमा हिँड्न सहयोग गरेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का बासिन्दा बलवीर खड्काले बताए ।

‘ट्राफिक लाइटको नियम लागू भएदेखि यो सहर बल्ल व्यवस्थित सहरजस्तो भएको छ’, उनले भने, ‘पहिला जसलाई जताबाट मन लाग्यो त्यतैबाट बाटो काटेर हिँड्ने बानी थियो, अब भने बल्ल सडकमा नियमअनुसार हिँड्नुपर्ने रहेछ भन्ने कुराको चेतना जागेको छ ।’ सुर्खेतका गिरी र बाँकेका खड्काजस्तै नेपालगञ्जमा ट्राफिक नियम लागू भएपछि बच्चालाई स्कुल पुर्याउने समयभन्दा आधा घण्टा अगाडि नै निस्कने गरेको नेपलगञ्ज–१० ट्राफिक चोक निवासी सरिता थापाले बताइन् । ‘पहिला १०–१५ मिनेट अघि छोरीलाई स्कुल पुर्याउन निस्कन्थेँ, अहिले जाममा परिन्छ भनेर आधा घण्टा अगाडि नै निस्कने गरेको छु’, उनले भनिन् ।

बाँकेमा पहिलोपटक ट्राफिक लाइटको नियम लागू भएको छ । गत पुसको २८ गतेदेखि ट्राफिक लाइटको नियम लागू भएसँगै यहाँका सवारी साधन चालक र यात्रुहरुले उक्त नियमको पालना गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले बताए ।

‘यहाँ ट्राफिक लाइटको नियम लागू भएको भर्खर भर्खर भएको हुनाले हामीले जरिवानाभन्दा पनि ट्राफिक लाइट र लेनको प्रयोग कसरी गर्ने र कस्तो अवस्थामा गर्ने भनेर सिकाइरहेका छौँ’, उनले भने, ‘विशेष गरी महिला र ग्रामीण भेगतिरबाट आउने सवारी साधन चालकसँगै यात्रुलाई ट्राफिक लाइटको नियम बुझाउन अलि गाह्रो भइरहेको छ ।’

उनका अनुसार तीन–चार पटकसम्म सम्झाइबुझाइ गर्दा पनि रातो बत्तीको नियम पालना नगरेका आठ जनालाई जरिवाना स्वरुप चिट काटेर कारबाही गरिएको छ ।  ई–सेवा, खल्ती, ई चलान र राष्ट्रिय वाणिज्य बैंकको माध्यमबाट हालसम्म आठ जनाबाट रु चार हजारसम्मको राजस्व सङ्कलन भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख आचार्यले जानकारी दिए । नेपालगञ्जमा ट्राफिक लाइटको नियम लागू भएसँगै जरिवानाभन्दा पनि यात्रुलाई सडक लेनको प्रयोग कसरी र कस्तो अवस्थामा गर्ने भनेर जनचेतना दिने विषयमा आफूहरु केन्द्रित रहेको आचार्यको भनाइ थियो ।

‘रातो बत्ती बल्दा जहिले पनि देब्रे लाइन भएर जाने सवारी साधन चालक र यात्रुहरु रोकिनुपर्दैन, भनेर हामीले अलमलमा परेकालाई सम्झाएर बाटो काट्न सिकाउँदै छौँ’, उनले भने, ‘यहाँका सवारी साधन चालक र यात्रुलाई जरिवानाभन्दा जनचेतनाको आवश्यकता भएको हुनाले हामीले सडक नियमका विषयमा डियुटीकै समयमा जानकारी दिने प्रयास गरिरहेका छौँ ।’

प्रमुख आचार्यका अनुसार ट्राफिक लाइटको नियम लागू भएसँगै पहिलाको तुलनामा अहिले धम्बोझीदेखि विपी चोकमा हुने दुर्घटनामा कमी आएको छ । पहिला हप्तामा आठ दश वटा सामान्य दुर्घटना हुन्थ्यो भने अहिले सोही ठाउँमा ट्राफिक लाइटको नियम लागू भएपछि दुर्घटना नभएको ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक आचार्यले बताए ।

उनका अनुसार ट्राफिक लाइटको नियम सञ्चालन भएसँगै हालसम्म रातो बत्ती कारबाहीमा १६५ परेका छन् भने गलत तरिकाले बाटो काट्ने ३२३ जनालाई कारबाही गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE