Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

खबरडबली संवाददाता

सर्लाही । सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल सर्लाहीमा तोकिएको मूल्यमा किसानसम्म पुग्न सकेको छैन। कालोबजारी र कमजोर अनुगमनका कारण किसानले सरकारी अनुदानको मलसमेत चर्को मूल्यमा किन्न बाध्य भएको गुनासो गरेका छन्।

बरहथवा नगरपालिकाले युरिया मल प्रतिवोरा एक हजार एक सय रुपैयाँ र डीएपी मल दुई हजार पाँच सय ५० रुपैयाँमा बिक्री गर्ने व्यवस्था गरेको छ। तर, स्थानीय सहकारी संस्थाहरूले युरिया मल एक हजार छ सयदेखि दुई हजार रुपैयाँसम्म र डीएपी मल दुई हजार आठ सयदेखि तीन हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको किसानहरूको आरोप छ।

बरहथवा–१५ स्थित बाबा उद्बुद्धिनाथ कृषि सहकारी संस्थाले मनपरी मूल्यमा मल बिक्री गरेको भन्दै स्थानीय किसान अन्जय सहनीसहितका कृषकले विरोध जनाएका छन्। उनीहरूका अनुसार सहकारी सञ्चालकले ‘ब्ल्याकमा खरिद गरिएको मल भएकाले महँगोमा बेच्नुपरेको’ भन्दै अतिरिक्त रकम असुल्ने गरेका छन्।

किसानहरूले सुरुमा बरहथवा नगरपालिकामा उजुरी दिए पनि सुनुवाइ नभएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पुगेर लिखित गुनासो गरेका थिए।

उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद भुजेलको नेतृत्वमा अनुगमन टोली सहकारीमा पुगेको थियो। तर टोली पुग्नुअघि नै सहकारी सञ्चालक घरमा ताल्चा लगाएर परिवारसहित सम्पर्कविहीन भएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालयले अर्को दिन सहकारी सञ्चालकलाई उपस्थित हुन निर्देशन दिए पनि हालसम्म उनी उपस्थित नभएको र कुनै ठोस कारबाही अघि नबढेको भन्दै किसानहरूले असन्तुष्टि जनाएका छन्।

किसानहरूले अनुदानको मलमा भइरहेको कालोबजारी तत्काल नियन्त्रण गर्न, दोषीमाथि कानुनी कारबाही अघि बढाउन र सरकारले तोकेको मूल्यमा सहज रूपमा मल उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending