Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

ओखलढुङ्गाकै सुरी भीरमा रक क्लाम्बिङ सेन्टर निर्माण हुँदै

खबरडबली संवाददाता

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा साहसिक खेल रक क्लाइम्बिङ गर्न पाइने भएको छ ।

खिजिदेम्बा गाउँपालिकामा जिल्लाकै पहिलो रक क्लाइम्बिङ सेन्टरको निर्माण कार्य अन्तिम चराणमा पुगेको छ ।गाउँपालिकाको वडा नं. १ र ३ को सिमानामा रहेको सुरी भीरमा रक क्लाम्बिङ सेन्टर निर्माण गरिएको हो ।

साहसिक खेलकुद तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गाउँपालिकाको पर्यटन सद्भावना दूत सगरमाथा आरोही कुङ्गा शेर्पाको अगुवाईमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका आठ जना गाइडहरूले उक्त भीरमा क्लाइम्बिङ रुट निर्माण गरिरहेका छन् । 

एसोसिएसनका तीन जना अन्तर्राष्ट्रिय र पाँच जना राष्ट्रिय रक गाईडहरू मार्फत करिब ५५ मिटर लामो चार वटा मल्टी पिक र आठ वटा नर्मल पिक रुट निर्माण  भइरहेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । अहिले रक गाइड तथा प्राविधिकहरू मार्फत रुट निर्माण र सरसफाइको काम अन्तिम चरण पुगेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए । 

चालु आर्थिक वर्ष २०८१/०८२ मा दस लाख बजेट विनियोजन गरेर सुरी भीरमा रक क्लाइम्बिङ सेन्टर निर्माणको कार्य अघि बढाइएको अध्यक्ष शेर्पाको भनाइ छ । आगामी आर्थिक वर्षमा थप रुट र आवश्यक संरचना निर्माण गरी रक क्लाइम्बिङ महोत्सवको आयोजना गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू ल्याई उद्घाटन गर्ने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए । 

रक क्लाइम्बिङको प्रशिक्षण समेत दिन मिल्ने गरी संरचनाहरू निर्माण गर्ने योजना रहेको बताइएको छ । रक क्लाइम्बिङ सेन्टर सञ्चालनमा आएसँगै साहसिक खेल पर्यटन मार्फत गाउँपालिकाको आर्थिक समृद्धि हुने विश्वास गरिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । गत आर्थिक वर्षमा रक क्लाइम्बिङ सेन्टर निर्माणका लागि गाउँपालिकाको नौ वटै वडामा सम्भाव्यता अध्ययन गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE