Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

महाभारत डढेलाेः सौन्दर्य पोखरीले गरायो नियन्त्रण

याे घटनाले बुझझायाे पुर्खाहरूले पोखरी बनाउनुको महत्व

तस्बिर सौजन्यः बेथानचोक गाउँपालिका
खबरडबली संवाददाता

काठमाडौं   । ‘पिकनिक स्पट’ लाई आकर्षक बनाउन खनिएको पोखरीमा भएको पानीले बस्ती पस्न लागेको अनियन्त्रित डढेलो निभाउन सक्छ त ? आममानिसले त्यसबारे सोचेकै हुँदैनन् तर एउटा पोखरीले पर्यावरणको सन्तुलन र प्राकृतिक विपत्तिमा कस्तो सहयोग गर्न सक्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोकमा आगलागी नियन्त्रणमा खेलेको भूमिकाले प्रस्ट पारेको छ । 

ठुलो पहाड र चट्टानेभिरसँगै अत्यधिक हावा चल्ने काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको सिमाना थामलेक महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा फैलिएको आगो एक सातापछि सानो पोखरीको सहयोगले नियन्त्रणमा आएको छ । 

कम्तीमा २० किलोमिटर जङ्गलमा क्षतिपछि सो डढेलो नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । आगो नियन्त्रणमा सबै सुरक्षा निकाय, स्थानीय बासिन्दा, सरकारी निकायको समन्वय भएको थियो । 

अमेरिकाको लस एन्जलसमा आगलागीबाट विध्वंस भइरहेकै बेला काभ्रेपलाञ्चोकको उच्च भागको सामुदायिक वनमा आगोको लपेटा फैलिएपछि ठुलो चुनौती देखिएको थियो ।  एक सातासम्म नियन्त्रणमा आउन नसकेको सो डढेलो नियन्त्रणमा नयाँ प्रविधिको प्रयोगले सम्भव भएको जस्तो देखिए पनि त्यसमा गाउँपालिका वडा नं. २ मा खनिएको पोखरीले सबैभन्दा ठुलो काम गरेको स्थानीय बद्रीप्रसाद तिमल्सिनाले बताए । 

आगो निभाउन गरिएका सबै प्रयासले भन्दा नजिकै पानीको स्रोत हुनुले राम्रो काम गरेको उहाँको अनुभव छ । हेलिकोप्टरले लगातार छोटो समयमै २४ हजार लिटर पानी खन्याएपछि आगो नियन्त्रणमा सहज बनेको उनले बताए । त्यहाँ नजिकको विकल्प भनेको १५ किलोमिटर टाढाको खोपासीको पोखरी मात्रै थियो । 

बस्तीमा आउन लागेको डढेलोलाई नियन्त्रण गर्न सो पानीले निकै ठुलो काम गरेको अध्यक्ष अधिकारीले बताए । उनले यो डढेलोले आफूलाई ठुलो पाठ पढाएको र कम्तीमा एउटा वडामा तीन वटा पोखरी आवश्यक देखिएको बताए । उनले यो घटनाले  पुर्खाहरूले पोखरी बनाउनुको महत्व बुझेको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending