Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

महाभारत डढेलाेः सौन्दर्य पोखरीले गरायो नियन्त्रण

याे घटनाले बुझझायाे पुर्खाहरूले पोखरी बनाउनुको महत्व

तस्बिर सौजन्यः बेथानचोक गाउँपालिका
खबरडबली संवाददाता

काठमाडौं   । ‘पिकनिक स्पट’ लाई आकर्षक बनाउन खनिएको पोखरीमा भएको पानीले बस्ती पस्न लागेको अनियन्त्रित डढेलो निभाउन सक्छ त ? आममानिसले त्यसबारे सोचेकै हुँदैनन् तर एउटा पोखरीले पर्यावरणको सन्तुलन र प्राकृतिक विपत्तिमा कस्तो सहयोग गर्न सक्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोकमा आगलागी नियन्त्रणमा खेलेको भूमिकाले प्रस्ट पारेको छ । 

ठुलो पहाड र चट्टानेभिरसँगै अत्यधिक हावा चल्ने काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको सिमाना थामलेक महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा फैलिएको आगो एक सातापछि सानो पोखरीको सहयोगले नियन्त्रणमा आएको छ । 

कम्तीमा २० किलोमिटर जङ्गलमा क्षतिपछि सो डढेलो नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । आगो नियन्त्रणमा सबै सुरक्षा निकाय, स्थानीय बासिन्दा, सरकारी निकायको समन्वय भएको थियो । 

अमेरिकाको लस एन्जलसमा आगलागीबाट विध्वंस भइरहेकै बेला काभ्रेपलाञ्चोकको उच्च भागको सामुदायिक वनमा आगोको लपेटा फैलिएपछि ठुलो चुनौती देखिएको थियो ।  एक सातासम्म नियन्त्रणमा आउन नसकेको सो डढेलो नियन्त्रणमा नयाँ प्रविधिको प्रयोगले सम्भव भएको जस्तो देखिए पनि त्यसमा गाउँपालिका वडा नं. २ मा खनिएको पोखरीले सबैभन्दा ठुलो काम गरेको स्थानीय बद्रीप्रसाद तिमल्सिनाले बताए । 

आगो निभाउन गरिएका सबै प्रयासले भन्दा नजिकै पानीको स्रोत हुनुले राम्रो काम गरेको उहाँको अनुभव छ । हेलिकोप्टरले लगातार छोटो समयमै २४ हजार लिटर पानी खन्याएपछि आगो नियन्त्रणमा सहज बनेको उनले बताए । त्यहाँ नजिकको विकल्प भनेको १५ किलोमिटर टाढाको खोपासीको पोखरी मात्रै थियो । 

बस्तीमा आउन लागेको डढेलोलाई नियन्त्रण गर्न सो पानीले निकै ठुलो काम गरेको अध्यक्ष अधिकारीले बताए । उनले यो डढेलोले आफूलाई ठुलो पाठ पढाएको र कम्तीमा एउटा वडामा तीन वटा पोखरी आवश्यक देखिएको बताए । उनले यो घटनाले  पुर्खाहरूले पोखरी बनाउनुको महत्व बुझेको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending