Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

आजदेखि विमानस्थल सोह्र घण्टा खुल्ने

खबरडबली संवाददाता

काठमाडौं  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शनिबार) देखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ ।  विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा रहने छ । यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको थियो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, “अहिले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारलगायत विमानस्थलको क्षमता अभिवृद्धिका लागि पूर्वाधार विस्तारका काम जारी रहेको छ । पछिल्लो तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएकाले शनिबारदेखि थप दुई घण्टा विमानस्थल सञ्चालनमा आउन लागेको छ ।”

विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउन सक्ने उनले जानकारी दिए । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम यसअघि चैत १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

प्राधिकरणका अनुसार हाल विमानस्थलभित्र तीन वटा आयोजनाको काम जारी रहेको छ । सन् २०२० मे सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने उक्त सबै आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत पूरा भएको छ । आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपियाँ लागत खर्च हुँदै छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकोमा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने प्राधिकरणले जनाएको छ ।

सन् २०२४ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ४४ लाख ४५ हजार २३९ र घरेलुतर्फ ३७ लाख २७ हजार ६५१ यात्रुले हवाईसेवा लिएका छन् । उक्त अवधिमा अन्तर्राष्ट्रियतर्फ ३० हजार ६३० र घरेलुतर्फ ८४ हजार ९७१ जहाज उडान–अवतरण भएका छन् । गाेरखापत्र देनिकबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending