काठमाडौं । दक्षिण एसियाली विश्वविद्यालय ‘टी–२० जय नेपाल कप’ क्रिकेट प्रतियोगिताको उपाधि मध्यपश्चिम विश्वविद्यालयले जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको फाइनलमा मध्यपश्चिमले भारतको लखनउ विश्वविद्यालयलाई ५८ रनले हरायो । उपाधिसँगै मध्यपश्चिमले १५ लाख रुपियाँ र उपविजेता लखनउले १० लाख रुपियाँ पुरस्कार पायो । जितका लागि एक सय ७६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १७ रन मात्र बनाएको थियो ।
लखनउका लागि ओपनर ममन कन्डपालले सर्वाधिक ५८ रन बनाए । हर्षवर्द्धन सिंहले १५ र यशवर्द्धन सिंहले १४ रन बनाए । बलिमा मध्यपश्चिमका लागि दिवानले तीन विकेट लिए । राजकुमार साहले दुई तथा रविन्द्र जंग शाही, सुवास भण्डारी र दीनेश अधिकारीले एक एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो । मध्यपश्चिमका लागि दिवान पुन र विपिन खत्रीले अर्धशतक बनाए ।
विपिनले अविजित ५९ रन बनाए । अलराउण्ड प्रदर्शन गरेका दिवानले ५८ रन जोडे । निश्चल रावलले १९ र राजकुमार साहले १५ रन बनाए । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) को आयोजनामा माघ ७ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपालबाट काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय, भारतको दिल्ली विश्वविद्यालय, लखनउ विश्वविद्यालय र बाबासाहेब भीमराव विश्वविद्यालय तथा बङ्गलादेशको ढाका विश्वविद्यालयको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: