काठमाडौं । नेपाली सेना दिवसको अवसरमा सैनिक मुङ्ख्यालय जङ्गी अड्डा भद्रकालीमा बृहत् सैन्य प्रदर्शनी सुरु भएको छ ।
नेपाली सेनाको इतिहास र योगदानसहित निर्वाह गर्दै आएका विविध गतिविधिहरू आम नागरिकसम्म पुर्याउने उद्देश्यले सैनिक मुख्यालयले नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१ सुरु गरेको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्किने फोटो, हातहतियार र उपकरणहरूको विशेष प्रदर्शनी गरिएको छ ।
यसै गरी प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाइसेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षा, शान्ति स्थापनार्थ नेपाली सेनाको योगदान झल्किने विशेष प्रदर्शनी राखिएको छ । विकास निर्माण सम्बन्धि राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था, विपद् व्यवस्थापन सेनाको भूमिका, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदसँगै राष्ट्रिय सेवा दलले बहन गर्ने जिम्मेवारीसहितको प्रस्तुति समेत प्रदर्शनीमा देख्न सकिन्छ ।
विज्ञान र प्रविधिको विकाससँगै मानिसको जनजीवनमा प्रविधिको प्रयोगबाट हुनसक्ने सहजता बारे सैनिक महाविद्यालय भक्तपुर, रिपुमर्दीनी सैनिक महाविद्यालय बाँसबारीमा कक्षा १२ मा अध्यनरत छात्रछात्राहरूले तयार पारेको प्रविधि र पूर्वीय दर्शन वेदसँगै गणितको विकासबारे विशेष प्रस्तुति प्रदर्शनीका आर्कषण बनेका छन् ।
सशस्त्र विद्रोहमा नेपाली सेनाले प्रयोग गरेका हात हतियार, गोलीगट्ठा, बख्तरबन्द तथा बस्दो बस्तीका लागि प्रयोग गरेका हातहतियारसहित प्रदर्शनीमा नेपाली सेनाले विगतको कोभिड–१९ महामारी तथा विगतका प्राकृतिक प्रकोपमा सेनाले प्रयोग गरेका उपकरणहरूको प्रदर्शनी गरिएको छ ।
तीन दिनसम्म चल्ने प्रदर्शनीमा आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई नेपाली सेनाका विभिन्न गतिविधिहरूको बारेमा जानकारी हासिल गर्न सहज हुने सैनिक मुख्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: