Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

जङ्गी अड्डा भद्रकालीमा बृहत् सैन्य प्रदर्शनी सुरु

खबरडबली संवाददाता

काठमाडौं । नेपाली सेना दिवसको अवसरमा सैनिक मुङ्ख्यालय जङ्गी अड्डा भद्रकालीमा बृहत् सैन्य प्रदर्शनी सुरु भएको छ । 

नेपाली सेनाको इतिहास र योगदानसहित निर्वाह गर्दै आएका विविध गतिविधिहरू आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले सैनिक मुख्यालयले नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१ सुरु गरेको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्किने फोटो, हातहतियार र उपकरणहरूको विशेष प्रदर्शनी गरिएको छ ।

यसै गरी प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाइसेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षा, शान्ति स्थापनार्थ नेपाली सेनाको योगदान झल्किने विशेष प्रदर्शनी राखिएको छ । विकास निर्माण सम्बन्धि राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था, विपद् व्यवस्थापन सेनाको भूमिका, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदसँगै राष्ट्रिय सेवा दलले बहन गर्ने  जिम्मेवारीसहितको प्रस्तुति समेत प्रदर्शनीमा देख्न सकिन्छ ।

विज्ञान र प्रविधिको विकाससँगै मानिसको जनजीवनमा प्रविधिको प्रयोगबाट हुनसक्ने सहजता बारे सैनिक महाविद्यालय भक्तपुर, रिपुमर्दीनी सैनिक महाविद्यालय बाँसबारीमा कक्षा १२ मा अध्यनरत छात्रछात्राहरूले तयार पारेको प्रविधि र पूर्वीय दर्शन वेदसँगै गणितको विकासबारे विशेष प्रस्तुति प्रदर्शनीका आर्कषण बनेका छन् ।

सशस्त्र विद्रोहमा नेपाली सेनाले  प्रयोग गरेका हात हतियार, गोलीगट्ठा, बख्तरबन्द तथा बस्दो बस्तीका लागि प्रयोग गरेका हातहतियारसहित प्रदर्शनीमा नेपाली सेनाले विगतको कोभिड–१९ महामारी तथा विगतका प्राकृतिक प्रकोपमा सेनाले प्रयोग गरेका उपकरणहरूको प्रदर्शनी गरिएको छ ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई नेपाली सेनाका विभिन्न गतिविधिहरूको बारेमा जानकारी हासिल गर्न सहज हुने सैनिक मुख्यालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending