Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

उदयपुरमा २० हजारभन्दा बढीलाई एचपिभी खोप

खबरडबली संवाददाता

उदयपुर । उदयपुरमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत २० हजार एक सय २२ छात्रा अर्थात् किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ ।

मंगलबार जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले पत्रकारहरूसँग एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरी जिल्लाका आठवटै स्थानीय तहमा अध्यनरत किशोरी छात्रा र विद्यालयबाहिर रहेका किशोरीहरूलाई खोप लगाउने जानकारी दिएको हो ।
स्वास्थ्य कार्यालय उदयपुरका निमित्त प्रमुख रामनरेश ठाकुरका अनुसार उदयपुरमा  यही माघ २३ गतेदेखि फागुन २ गतेसम्म एचपिभी खोप लगाउने अभियान सञ्चालन हुने छ । उनले भने, ‘विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक स्वास्थ्य केन्द्रसहित तीन सय ९६ खोप केन्द्र बाट खोप लगाउने तयारी छ ।’

कार्यालयका सूचना अधिकारी चिरन्जीवी निरौलाका अनुसार चौदण्डीगढी नगरपालिकामा तीन हजार ३६, बेलका नगरपालिकामा दुई हजार आठ सय ११, त्रियुगा नगरपालिकामा छ हजार तीन सय ७१, कटारी नगरपालिकामा तीन हजार सात सय ७०, लिम्चुङबुङ गाउँपालिकामा पाँच सय ३६, रौतामाई गाउँपालिकामा एक हजार एक सय ८७, ताप्ली गाउँपालिकामा आठ सय ७० र उदयपुरगढी गाउँपालिकामा एक हजार पाँच सय ४१ किशोरीलाई एचपिभी खोप लगाउने तयारी छ । जसमा विद्यालयबाहिर रहेका दश वर्षका किशोरीको संख्या दुई सय दुई र विद्यालयबाहिर रहेका ११ वर्षदेखि १४ वर्षका किशोरीको संख्या तीन हजार दुई सय ६५ रहेको निरौलाको भनाइ छ ।

कार्यालयका अनुसार जिल्लाभरि एचपिभी खोप लगाउनको लागि चार सय तीनजना स्वास्थ्यकर्मी र सात सय ९९ जना स्वयंसेवक परिचालन गरिने भएको छ ।

सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको संक्रमणबाट सुरक्षित हुनको लागि लगाउने बताइएकाे छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending