Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन १८ माघदेखि

खबरडबली संवाददाता

मकवानपुर । गएकाे १६ असोजमा अन्त्य भएको बागमती प्रदेश सभाको हिउँदे अधिवेशन चार महिनापछि १८ माघमा बस्ने गरी आह्वान गरिएकाे छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले १८ माघ शुक्रबार बिहान ११ः०० बजे बस्ने गरी प्रदेश अधिवेशन बैठक आह्वान गरेका हुन् ।

बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको पन्ध्रौं अधिवेशन आह्वान गरेका हुन् । यसअघि गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । 

गत १६ असोज राति १२ बजेबाट प्रदेशसभाको १४औं अधिबेशन अन्त्य भएयता पर्याप्त ‘बिजिनेस’ नभएको भन्दै विपक्षी दलले माग गरे पनि सरकारले बैठक आह्वान गरेको थिएन । विधेयक अधिबेशनका रुपमा समेत चिनिने हिउँदे अधिबेशनले प्रदेशलाई आवश्यक पर्ने कानुन निर्माण गर्ने अपेक्षा गरिएको छ । अहिलेसम्म प्रदेशसभाबाट ८४ वटा कानुन निर्माण भइसकेकोमा दुईवटा विधेयक भने प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता भएका छन् ।

हाल प्रदेशसभा सचिवालयमा चारवटा संशोधन विधेयक दर्ता छन् । प्रदेश सभा सचिवालयका अनुसार ८ माघमा प्रदेश सभामा प्रदेश औद्योगिक व्यवसाय ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता छन् ।

यस्तै, प्रदेश खेलकुद विकास ऐन, ०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि दर्ता छ । उक्त विधेयक १० असोजमै दर्ता भएको संसद सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending