Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

हात्ती आतङ्कः दिगो समाधानको प्रतीक्षामा किसान

खबरडबली संवाददाता

रौतहट । जङ्गली हात्तीको विध्वंशले रौतहटका किसानहरू प्रताडित छन् । गत असार महिनादेखि जङ्गली हात्ती रौतहटको चन्द्रपुर, वृन्दावन, गुजारा र फतुवा विजयपुर नगरपालिकाको जङ्गल नजिकैको गाउँमा बसिरहेका छन् ।

हात्तीको उपद्रोले रौतहटमा-२ दर्जनभन्दा बढी घर भत्किसकेको छ भने लाखौँ मूल्य बराबरको अन्न, तरकारी र फलफूल नष्ट भएको छ । हात्तीको आक्रमणले रौतहटमा एक महिलाले ज्यान गुमाउनु परेको छ भने एक घाइते भएका छन् । गत कात्तिक १६ गते फतुवा विजयपुर-११ रागीबुटुवा बस्ने ७० वर्षीया पातलीमाया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको थियो ।

तामाङको घर हात्तीले पूर्णरूपमा क्षति पुर्‍याएको थियो । जङ्गली हात्तीले एक्कासि घरमा आक्रमण गर्दा उनका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भए । हात्तीले गत कात्तिकयता चन्द्रपुर-२ जुडिबेलामा मात्रै एक दर्जनभन्दा बढी घर भत्काएको छ । ‘‘बस्न नहुने गरी घर भत्कायो तर हामी भने भागेर बाँच्न सक्यौँ’’, स्थानीय खिकप्रसाद पन्त भने । पुलामीटोलका राजेन्द्र ठाकुरको पनि घर हात्तीको आक्रमणले पुर्णरूपमा क्षति भएको थियो ।

राति सुतिरहेको बेलामा हात्तीले घर भत्काएको ठाकुरले बताए । बलमपाखी टोलका तारजन मगरको पनि हात्तीले घर पूर्णरूपमा भत्काएको छ । यस्तै चन्द्रपुर-३ गैँडाटारमा हात्तीले एकैरात सात घर भत्कायो । हात्तीले रौतहटमा दर्जनभन्दा बढी घर भत्काएको छ । फतुवा विजयपुर नगरपालिकामा-११ का भैसही र बुटवा बस्तीमा चार घर भत्काएको स्थानीय अजय तिमलसिनाले जानकारी दिए । 

हरेक वर्ष धान पाक्ने बेला आउने हात्ती धान काटिसकेपछि जाने गरेको थियो तर यसपाली गाउँमै बस्नाले यहाँका मानिसहरू असुरक्षित महसुस गरिरहेको छन् । हात्तीले घर भत्काइसकेपछि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्ले पीडितहरूका घरमै पुगेर जस्तापातासहित खाद्यान्न सहयोग गरेका थिए । 

जङ्गली हात्तीले खासगरी केराखेतीमा धेरै क्षति पुर्‍याएको छ । रौतहटको चन्द्रपुर-३ गैँडाटार र जुडिबेलामा लगाइएको केराखेतीमा क्षति पुर्‍याएको छ । हात्तीले पटकपटक गरेर करिब एक बिघामा लगाएको केराखेती नष्ट गरेको चन्द्रपुर-३ गैँडाटारका किसान लालबहादुर दोङले जानकारी दिए । फल्ने बेला भएको करिब सात सय केराको बोटमा हात्तीले नष्ट गरेको उनको गुनासो छ । केराखेतीमा बिमा नहुँदा पनि समस्या भएको उनको भनाइ छ ।

वृन्दावन नगरपालिका-१ बलरीखोरमा पनि हात्तीले हरेक राति विध्वंश मच्चाइरहेको स्थानीय सुरेन्द्र पटेलले जानकारी दिए । केही दिनयता गाउँका बासिन्दा हात्तीका कारण रातभर जाग्रम गर्न बाध्य भएका पटेल बताउँछन् । हात्ती आउने तथा प्रभावित क्षेत्रमा पोलपोलमा बत्ती र चोकचोकमा आगोको व्यवस्था, हात्ती नियन्त्रणका लागि नियमित गस्ती र गस्तीका लागि इन्धनको व्यवस्था, हात्तीले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गर्ने, क्षति पुगेका घर तथा किसानलाई राहतको व्यवस्था गर्ने, घाइते भएकालाई तत्काल उद्धारका लागि एम्बुलेन्स खरिद गर्नेलगायतका निर्णयहरू गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहले जानकारी दिए । 

सङ्घीय सांसद देवप्रसाद तिमल्सिना र प्रदेशसभा सदस्य युवराज भट्टराईले हात्ती व्यवस्थापनका लागि सङ्घीय तथा प्रदेशस्तरबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । प्रभावित क्षेत्रका किसान र स्थानीय बासिन्दालाई राहत तथा उद्धारमा सरकारका तर्फबाट भरपर्दो सहयोग पुर्‍याउने उनिहरूले आश्वासन दिए । 

बर्सेनि हात्तीको समूह रौतहटको गैँडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जङ्गलसहिया गाउँहरू, वृन्दावनको बलरी, फतुवा विजयपुर नपाको रागी बुटुवालगायत गाउँहरूमा पस्ने गरेक छ । गत वर्ष मात्रै  हात्तीको आक्रमणबाट चन्द्रपुरका घाँस, दाउरा गर्न गएका दुई महिलाले ज्यान गुमाएका थिए । हात्ती आतङ्कले गर्दा यहाँका बासिन्दा घाँस दाउरा गर्न जङ्गल जान समेत छाडेका छन् ।

यसैबिच रौतहटको दक्षिणी भेगतर्फ नीलगाई र बँदेलले किसानहरूको बालीमा क्षति पुर्‍याएको छ । केही वर्षदेखि जिल्लाको कटहरिया, देबाही, लालबकैया, विजयपुर, मौलापुरका किसानका नदी किनारका खेतमा लगाइएको मकै, धान, उखु, आलु, गहुँ, केरा, धनियाँलगायत बालीमा निलगाइले क्षति पुर्‍याउँदै आएको छ । लालबकैया नदीको दुवै किनारमा रहेका खरघारी र उखुबारीको आडमा लुकेर ठुलो सङ्ख्यामा नीलगाई र बँदेल बस्छन् ।

दिउँसो बाहिर निस्केर बालीमा चर्छन् । स्थानीयहरू वन्यजन्तुबाट बाली जोगाउन खेत नजिक र नदी छेउमा मचान बनाएर बस्न थालेका छन् । वन्यजन्तु नियन्त्रण गर्न कसैले पनि चासो नदिँदा आफूहरूको बाली जोखिममा परेको किसानहरूको गुनासो छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: