Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बजेट अभावले भवन निर्माणमा विलम्ब

खबरडबली संवाददाता

डोटी । बजेट अभावमा जिल्ला अस्पताल डोटीको भवन निर्माण कार्यमा विलम्ब भएको छ । २५ शय्यामा सञ्चालित उक्त अस्पतालको स्तर वृद्धि गरी ५० शय्याको बनाउने उद्देश्यले २०७७ सालदेखि भवन निर्माण गर्न थालिएको हो ।

हालसम्म पनि सो भवन निर्माण सम्पन्न हुन सकेको छैन । सङ्घीय विशेष अनुदानतर्फको आव २०७७/७८ मा बजेट विनियोजन भएपछि २०७७ फागुन ७ गते अस्पतालले १० करोड २७ लाखमा भवन निर्माण गर्न ‘केयस कन्स्ट्रक्सन धनगढी कैलाली’सँग सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार २०७९ फागुनसम्म सो भवन निर्माण गरिसक्नुपर्ने थियो ।

कोभिड-१९ र मूल्य वृद्धिको कारण देखाउँदै निर्माण व्यावसायी समयमै काम सम्पन्न गर्न नसकेपछि २०७९ फागुनमा २०८० माघसम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा पनि काम सम्पन्न भने हुन सकेन । अहिलेसम्म भवनको भौतिक प्रगति ९२.७५ प्रतिशत रहेको छ । निर्माणमा संलग्न व्यावसायीलाई आठ करोड ६५ लाख भुक्तानी गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.सुजितकुमार मण्डलले बताए । 

चालु आर्थिक वर्षमा उक्त भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छैन । भवन निर्माण सम्पन्न गर्न आवश्यक रकम व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयदेखि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म धाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले बताए । 

तर अहिलेसम्म बजेट सुनिश्चित हुन नसकेको उनको भनाइ छ । “भवन अभावले अस्पतालका सेवा प्रभावित भइरहेका छन्”, डा.मण्डलले भने । भवन अभावका कारण अस्पतालले बाल पोषण गृह, स्तनपान कक्ष, शल्यक्रिया कक्षलगायतको व्यवस्था गर्न नसकेको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending