पाेखरा । पर्यटन राजधानी पोखराको लोकप्रिय गन्तव्य पाताले छाँगो अर्थात् डेभिज फल्स पोखरा महानगरपालिका आफैंले सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको आह्वानमा आइतबार बसेको सर्वपक्षीय बैठकले डेभिज फल्समा जारी अवरोध हटाई तत्काल सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख धनराज आचार्यले डेभिज फल्समा महानगरपालिका आफैंले कानुन बमोजिम पर्यटन शुल्क उठाउने र महालेखा परीक्षक कार्यालयले औँल्याएको बेरुजु फछ्यौटका लागि प्रक्रिया थल्ने निर्णय भएको जानकारी दिए । स्थानीय छोरेपाटन माविले सञ्चालन गर्दै आएको डेभिज फल्स विवादका कारण माघ १ गतेदेखि बन्द छ ।
बैठकको निर्णयमा भनिएको छ, “तत्कालै डेभिज फल्समा लगाएको ताला खोलेर महानगर आफैंले कानुन बमोजिम पर्यटन शुल्क उठाइ डेभिज फल्स सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखाले औँल्याएको बेरुजु फछ्यौटको लागि कानुन बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।”
डेभिज फल्समा परियोजना सञ्चालन गर्ने सम्बन्धमा बैठकले सरोकारवाला पक्षबिच छलफल गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नगर प्रमुख आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहित सुरक्षा निकायका प्रमुखहरू लगायतका सरोकारवाला सहभागी थिए ।
यहाँ प्रवेश टिकटबाट वर्षमा तीन करोड हाराहारी रकम सङ्कलन हुने गरेको छ । महानगरपालिकाले छाँगोमा सिसाको पुल लगायतका पूर्वाधार निर्माण गर्ने र सञ्चालन गर्न निजी कम्पनीलाई दिने सम्झौता गरिसकेको छ । छोरेपाटन माविले २०३४ चैत ३१ देखि छाँगो सञ्चालन गर्दै आएको थियो । तत्कालीन नगर योजना समितिले छाँगो छोरेपाटन माविलाई हकभोग गर्न दिएको थियो । अहिले छाँगोवरिपरि तीन दर्जन व्यावसायिक सटरसमेत छन् ।
महानगनरले सेती क्यान्योन प्रालिलाई २०७८ साउन १४ गते छाँगोमा सिसाको पुल निर्माण र अन्य पूर्वाधार विकास आयोजना सञ्चालनका लागि ४० वर्षका लागि जिम्मा दिने सम्झौता थियो । सम्झौताबारे विवाद भएपछि त्यो कार्यान्वयन हुन सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: