उदयपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार विपत् जोखिम न्यूनीकरणका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताएका छन् । मंगलबार उदयपुरको बेलका नगरपालिकास्थित सप्तकोशी नदी कटानको स्थलगत निरीक्षण तथा अवलोकन गर्दै मन्त्री लेखकले सरकार विपत् जोखिम न्यूनीकरणका लागि प्रतिबद्ध भएर अघि बढिरहेको बताएका हुन् ।
पछिल्लो समयमा देशभर भएका विपतका घटनालाई निरीक्षण, अवलोकन तथा अध्ययन गरेर आगामी वर्ष हुने विपत् जोखिम कम गर्न र विपतका पहिचान गरी न्यूनीकरणका योजना बनाउन सरकार अहिले लागिपरिरहेकाले निरीक्षण अवलोकन गर्न उदयपुर आएको पनि बताएका थिए ।
गएको वर्ष सप्तकोशीमा आएको बाढीले कोशीको धार परिवर्तन गर्दा बेलका नगरपालिकाका तटीय क्षेत्र जोखिममा परेका छन् । जसका कारण सप्तकोशी नदीले धार परिवर्तन गरेर पश्चिम दिशातर्फ सोझिएर उदयपुरको बेलका नगरपालिकातर्फ तीव्र रूपमा कटान गर्दै आएपछि तटीय क्षेत्रका उदयपुर र सुनसरी जिल्लाका बीसौँ हजार स्थानीय बर्खाको समयमा त्रसित हुँदै आएका छन् ।
गएको वर्ष मात्र बेलका नगरपालिका– ८ लाहुरे खोचबाट कटान गर्दा बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ उच्च जोखिममा परेको छ । सुनसरीको बराहा क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ को केही बस्ती उच्च जोखिममा छन् । नदीको समस्या भोग्दै आएका स्थानीयको पीडालाई सम्बोधन गर्न स्थलगत अवलोकनमा आएका गृहमन्त्री लेखकले सप्तकोशीले पुर्याएको जनधनको क्षतिलाई मध्यनजर गर्दै सरकारले तत्काल उचित कदम चाल्ने बताए ।
सप्तकोशी नदीबाट आउने वर्ष हुने जोखिम न्यूनीकरण गर्न सरकार ठोस कदम चाल्न तयार रहेको बताए । उदयपुरको बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले सप्तकोशी नदी नियन्त्रणको दीर्घकालीन खाका बनाएर मात्र कोशीको कटान जोखिम न्यूनीकरण हुने भन्दै संघीय सरकारले पहल गरिदिन आग्रह गरेका थिए । उनले भने, ‘विगत लामो समयदेखि सप्तकाेशीले नदीले पश्चिमतर्फ आफ्नो धार परिवर्तन गरेर उदयपुरको बेलका नगरपालिकामा रहेको ठुलो मानवबस्ती जोखिम छ । यसमा स्थानीय सरकारले मात्र केही गर्न सक्दैन । प्रदेश संघीय सरकारले पनि सहयोग गर्छ भन्ने ठुलो अपेक्षा छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: