उदयपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार विपत् जोखिम न्यूनीकरणका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताएका छन् । मंगलबार उदयपुरको बेलका नगरपालिकास्थित सप्तकोशी नदी कटानको स्थलगत निरीक्षण तथा अवलोकन गर्दै मन्त्री लेखकले सरकार विपत् जोखिम न्यूनीकरणका लागि प्रतिबद्ध भएर अघि बढिरहेको बताएका हुन् ।
पछिल्लो समयमा देशभर भएका विपतका घटनालाई निरीक्षण, अवलोकन तथा अध्ययन गरेर आगामी वर्ष हुने विपत् जोखिम कम गर्न र विपतका पहिचान गरी न्यूनीकरणका योजना बनाउन सरकार अहिले लागिपरिरहेकाले निरीक्षण अवलोकन गर्न उदयपुर आएको पनि बताएका थिए ।
गएको वर्ष सप्तकोशीमा आएको बाढीले कोशीको धार परिवर्तन गर्दा बेलका नगरपालिकाका तटीय क्षेत्र जोखिममा परेका छन् । जसका कारण सप्तकोशी नदीले धार परिवर्तन गरेर पश्चिम दिशातर्फ सोझिएर उदयपुरको बेलका नगरपालिकातर्फ तीव्र रूपमा कटान गर्दै आएपछि तटीय क्षेत्रका उदयपुर र सुनसरी जिल्लाका बीसौँ हजार स्थानीय बर्खाको समयमा त्रसित हुँदै आएका छन् ।
गएको वर्ष मात्र बेलका नगरपालिका– ८ लाहुरे खोचबाट कटान गर्दा बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ उच्च जोखिममा परेको छ । सुनसरीको बराहा क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ को केही बस्ती उच्च जोखिममा छन् । नदीको समस्या भोग्दै आएका स्थानीयको पीडालाई सम्बोधन गर्न स्थलगत अवलोकनमा आएका गृहमन्त्री लेखकले सप्तकोशीले पुर्याएको जनधनको क्षतिलाई मध्यनजर गर्दै सरकारले तत्काल उचित कदम चाल्ने बताए ।
सप्तकोशी नदीबाट आउने वर्ष हुने जोखिम न्यूनीकरण गर्न सरकार ठोस कदम चाल्न तयार रहेको बताए । उदयपुरको बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले सप्तकोशी नदी नियन्त्रणको दीर्घकालीन खाका बनाएर मात्र कोशीको कटान जोखिम न्यूनीकरण हुने भन्दै संघीय सरकारले पहल गरिदिन आग्रह गरेका थिए । उनले भने, ‘विगत लामो समयदेखि सप्तकाेशीले नदीले पश्चिमतर्फ आफ्नो धार परिवर्तन गरेर उदयपुरको बेलका नगरपालिकामा रहेको ठुलो मानवबस्ती जोखिम छ । यसमा स्थानीय सरकारले मात्र केही गर्न सक्दैन । प्रदेश संघीय सरकारले पनि सहयोग गर्छ भन्ने ठुलो अपेक्षा छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: