पाेखरा । कास्कीकाे पाेखरामा रहेकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटी राखेर तारेखमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनलाई थुनामा पठाउन माग गर्दै उच्च अदालत पाेखरामा निवेदन दर्ता भएकाे छ । कास्की जिल्ला अदालतले दिएको आदेश बदर गरि उनीहरुलाई थुनामा पठाउन माग गर्दै उच्च अदालतमा सोमबार निवेदन दर्ता भएको हाे ।
सरकारी वकिल कार्यालय कास्कीले धरौटीमा छाड्ने आदेश बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्चमा निवेदन दिएको अदालतका फाँटवाल राजन आर्चायले जानकारी दिएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीस नीतिज राईको एकल ईजलाशले २५ पुसमा ठगी प्रकरणका जोडिएका रास्वपा सभापति एंव गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक एंव प्रवन्ध निर्देशक रवि लामिछानेसहित सात जनालाई धरौटी तारेखमा छाड्न आदेश दिएको थियो ।
अदालतले लामिछानेसंग ६५ लाख, गोरखा मिडिया नेटवर्कका तत्कालीन संचालक एंव शेयरधनि पूर्वडिआईजी छवीलाल जोशीलाई ८८ लाख, जिबी राईको साझदोर एंव सहयोगि लीला पछाईलाई ३७ लाख, नेचर हब्र्स इन्टरनेसनल प्रालिका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाललाई १५ लाख, सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङलाई पाँच लाख, सहकारीकी कोषाध्यक्ष आरती गुरुङलाई पाँच लाख र सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङलाई एक लाख धरौटी माग गदै धरौटी तारेखमा छाड्न आदेश गरेको थियो । आदेशसँगै अदालतले माग गरेको धरौटी बुझाएर उनीहरु छुटिसकेका छन् ।
उच्च अदालतका रजिष्ट्रार विश्वनाथ अर्यालका अनुसार निवेदन दर्तासँगै अव मंगलबार सो निवेदन ईजलाशमा पेश हुनेछ । इजलाशले कास्की जिल्ला अदालतसँग किन र के कारणले धरौटीमा छाडेको हो भनी कैफियत माग गर्नेछ । त्यसपछि फैसला गर्ने न्यायाधीस, अदालतका श्रेष्तेदार र फाँटबालाले हस्ताक्षर गरि कैफियत प्रतिवेदन उच्चमा पेश गर्नेछन् । जिल्लाबाट आएको कैफियत प्रतिवेदन त्यसपछि उच्चको संयुक्त ईजलाशमा पेश भएपछि के गर्ने भन्ने निर्णय वा आदेश आउने अर्यालले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ४४ जनाका विरुद्ध ७ पुसमा कास्की अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्र दर्ता भएका ४४ जनामध्ये प्रहरी हिरासतमा रहेका उनीहरु सात जनालाई अदालतमा बयान सँगै थुनछेक बहश पछि धरौटी तारेखमा छाड्न आदेश भएको थियो ।
सात जनामध्ये लामिछाने, जोशी र खनाललाई सहकारी ठगी, सगठित अपराध र सम्पत्ति शुद्धिकरण, पछाईलाई सहकारी ठगी, सगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्रबैक ऐन २०५८ को अभियोग लगाईएको छ भने अन्य तीन जनालाई सहकारीको रकम ठगीको अभियोग लगाईएको थियाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: