Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

सूर्यदर्शन सहकारी ठगी प्रकरण: रवि र छविसहित सात जनालाई थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता

खबरडबली संवाददाता

पाेखरा । कास्कीकाे पाेखरामा रहेकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटी राखेर तारेखमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनलाई थुनामा पठाउन माग गर्दै उच्च अदालत पाेखरामा निवेदन दर्ता भएकाे छ । कास्की जिल्ला अदालतले दिएको आदेश बदर गरि उनीहरुलाई थुनामा पठाउन माग गर्दै उच्च अदालतमा सोमबार निवेदन दर्ता भएको हाे । 

सरकारी वकिल कार्यालय कास्कीले धरौटीमा छाड्ने आदेश बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्चमा निवेदन दिएको अदालतका फाँटवाल राजन आर्चायले जानकारी दिएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीस नीतिज राईको एकल ईजलाशले २५ पुसमा ठगी प्रकरणका जोडिएका रास्वपा सभापति एंव गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक एंव प्रवन्ध निर्देशक रवि लामिछानेसहित सात जनालाई धरौटी तारेखमा छाड्न आदेश दिएको थियो ।

अदालतले लामिछानेसंग ६५ लाख, गोरखा मिडिया नेटवर्कका तत्कालीन संचालक एंव शेयरधनि पूर्वडिआईजी छवीलाल जोशीलाई ८८ लाख, जिबी राईको साझदोर एंव सहयोगि लीला पछाईलाई ३७ लाख, नेचर हब्र्स इन्टरनेसनल प्रालिका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाललाई १५ लाख, सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङलाई पाँच लाख, सहकारीकी कोषाध्यक्ष आरती गुरुङलाई पाँच लाख र सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङलाई एक लाख धरौटी माग गदै धरौटी तारेखमा छाड्न आदेश गरेको थियो । आदेशसँगै अदालतले माग गरेको धरौटी बुझाएर उनीहरु छुटिसकेका छन् । 

उच्च अदालतका रजिष्ट्रार विश्वनाथ अर्यालका अनुसार निवेदन दर्तासँगै अव मंगलबार सो निवेदन ईजलाशमा पेश हुनेछ । इजलाशले कास्की जिल्ला अदालतसँग किन र के कारणले धरौटीमा छाडेको हो भनी कैफियत माग गर्नेछ । त्यसपछि फैसला गर्ने न्यायाधीस, अदालतका श्रेष्तेदार र फाँटबालाले हस्ताक्षर गरि कैफियत प्रतिवेदन उच्चमा पेश गर्नेछन् । जिल्लाबाट आएको कैफियत प्रतिवेदन त्यसपछि उच्चको संयुक्त ईजलाशमा पेश भएपछि के गर्ने भन्ने निर्णय वा आदेश आउने अर्यालले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ४४ जनाका विरुद्ध ७ पुसमा कास्की अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्र दर्ता भएका ४४ जनामध्ये प्रहरी हिरासतमा रहेका उनीहरु सात जनालाई अदालतमा बयान सँगै थुनछेक बहश पछि धरौटी तारेखमा छाड्न आदेश भएको थियो । 

सात जनामध्ये लामिछाने, जोशी र खनाललाई सहकारी ठगी, सगठित अपराध र सम्पत्ति शुद्धिकरण, पछाईलाई सहकारी ठगी, सगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्रबैक ऐन २०५८ को अभियोग लगाईएको छ भने अन्य तीन जनालाई सहकारीको रकम ठगीको अभियोग लगाईएको थियाे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE