Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

कैलालीका थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा

खबरडबली संवाददाता

कैलाली । कैलालीको कैलारी गाउँपालिकास्थित मनिकापुर गाउँका रामदिन चौधरी दोस्रो कार्यकालका लागि गाउँको ‘भलमन्सा’ पदमा चुनिएका छन् । गाउँको थारु समुदायमा ‘भलमन्सा’ को जिम्मेवारीमा रहेर काम गरेको अनुभवका आधारमा उनलाई पुनः दोस्रोपटक सर्वसम्मत रुपमा भलमन्सामा चयन गरिएको हो ।

“भलमन्साको जिम्मेवारी लिइसक्नुभएका बद्रीनारायण चौधरीले मलाई समर्थन गर्नुभयो”, उनले भने, “अरुले पनि आग्रह गरेपछि पुनः जिम्मेवारी लिएको हुँ ।” सोही गाउँपालिकाको बिसनपुर गाउँमा भलमन्सा छनोट गर्न बसेको बैठकले सोनुराम चौधरीलाई भलमन्सा तोक्ने निर्णय गरेको छ । दुई वर्षसम्म लगातार भलमन्साको जिम्मेवारीमा बहन गरिसकेका सोनुरामले साथीभाईको सरसल्लाहमै आफू पुनः यो पदको जिम्मेवारी लिन मञ्जुर भएको बताए । उनले भने, “गाउँमा आफ्नो नेतृत्वमा वर्षभरि भएका कामबाट सबै खुसी हुनुहुन्छ ।”

गोदावरी नगरपालिका–८ को थारु गाउँमा यमबहादुर चौधरी भलमन्सा भएका छन् । माघी पर्व सुरु भएसँगै गाउँको मुख्य व्यक्ति मानिने भलमन्सा, चौकीदार, गुरुवा, चिराकी, अघरियालगायतका पदमा व्यक्ति छनोट गर्ने चटारो यतिबेला थारु समुदायमा छ । पदमा बसेर काम गर्न नसक्नेलाई पदमुक्त गरेर अर्को व्यक्तिलाई भलमन्साको जिम्मेवारी दिइने गरिन्छ । कतिपय स्वाइच्छाले यो जिम्मेवारीबाट अलग हुन्छन् । थारु समुदायमा मुख्य व्यक्तिको रुपमा रहने भलमन्सालाई सकभर सर्वसम्मतिले र त्यसो हुन नसके निर्वाचन प्रक्रिया अथवा गोला (चिठ्ठा) प्रक्रिया अपनाएर प्रजातान्त्रिक ढङ्गले छनौट गरिन्छ । गाउँको भलमन्सा पदमा चुनिने व्यक्तिको घरलाई यो समुदायमा ‘बडघर’ भनिन्छ । 

कतिपय वस्तीमा यस्तो भेला भइसकेर भलमन्सा छनोटको काम पूरा भइसकेको छ भने अन्य कतिपय गाउँमा छनोट गर्ने काम भइरहेको छ । पूरै वडाको हकमा निर्वाचित जनप्रतिनिधिको भूमिका रहने गरे पनि समुदायको गाउँ टोलको हकमा भने बढी भूमिका भलमन्साको हुने गरेको पाइन्छ । 

थारुमा माघीको रौनकसँगै आवश्यकताअनुसार ‘बडघर’ बैठकहरु बसिरहेका छन् । यस्ता बैठकमा वर्ष दिनमा गाउँ टोलमा भलमन्साको नेतृत्वमा भएका कामबारेमा आपसमा छलफल, विश्लेषण, गुनासो सुन्ने र सुनाउने काम हुनेगर्छ । 

माघको पहिलो हप्ताभित्र अथवा ढिलोमा दुई हप्ताभित्रमा वर्षभरी भलमन्साको नेतृत्वमा गाउँमा भए गरेका कामको समीक्षा गर्ने, सार्वजनिक काममा भएको खर्चको हिसाब किताब गर्ने जस्ता काम गरिन्छ । ‘गुरुवा’ (वैद्यको काम गर्ने) ले मानिस, गाईवस्तु र अन्न बालीमा देखिने रोगको समस्या समाधान गर्ने जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । ‘चिराकी’ ले देवस्थल र घरमा हुने शुभकार्यमा बत्ती बालेर पूजाको काम काम गर्छ । ‘चौकिदार’ले आफ्नो गाउँठाउँमा कुनै कामका लागि भेला बोलाउनुपरेमा गाउँका मान्छेलाई हाँक गर्ने (बोलाउने) काम र  ‘अघरिया’ले भलमन्साको सहायकको रुपमा काम गर्नुपर्ने परम्परा छ । 

बडघरले लाए अह्राएका काम गाउँका अन्य सदस्यले मान्नुपर्ने हुन्छ । यस्तो प्रचलनका कारण नै गाउँको अनुशासन कायम हुने र सामूहिकतामा काम गर्ने लामो समयदेखिको प्रचलन थारु गाउँमा रहने गरेको छ । यस्तो परम्पराले गाउँको एकता र सामूहिकताको विकास हुने मात्र नभइ गाउँको अनुशासन कायम गर्नमा टेवा पुग्ने गरेको मानबहादुर चौधरी बताउँछन् । थारु गाउँमा सदियौँदेखि यस्तो प्रचलन रहेकाले नेतृत्वकर्ताको बेग्लै महत्व र सम्मान हुनेगर्छ । कामको मूल्याङ्कनका आधारमा निजलाई पुनः सोही पदको जिम्मेवारी प्रदान गर्ने गरिन्छ । 

समग्र गाउँको संरक्षण गर्ने, विकास निर्माणका काम गर्ने, कुलोपानी, बिजुलीबत्तीको व्यवस्था गर्ने, गाउँघरमा आइपर्ने दुःख सुखमा सामूहिक रुपमा सहयोग गर्ने गराउने जस्ता काम गाउँको नेतृत्वकर्ता (भलमन्सा) ले गर्ने गर्दछन् । भलमन्साको आदेशमा गाउँका विभिन्न काम गर्न जानुपर्ने कामलाइै ‘बेगारी’ जाने भनिन्छ । बेगारी जान नसक्नेले जरिवाना तिर्नुपर्ने हुन्छ ।

भलमन्सालगायतका पदमा काम गर्दै आएका व्यक्तिको ‘घर फाटे’ मा (दाजुभाई बीचको अंशवण्डा) निजलाई सकभर उक्त पदको जिम्मेवारीबाट मुक्त गरिन्छ । भलमन्सा पदको जिम्मेवारी बहन गर्ने अधिकांशले स्वयंसेवीको रुपमा काम गर्ने गरेका छन् । कतिपय गाउँमा भने यो पदमा बसेर काम गर्नेलाई समुदायको निर्णयअनुसार पारिश्रमिकको रुपमा खाद्यान्न उपलब्ध गराउने गरिन्छ ।

पछिल्ला वर्षमा समुदायमा रहेको सकारात्मक अभ्यास, परम्परा र संस्कृतिको संरक्षणका कामलाई अगाडि बढाउनमा टेवा पुर्याइरहेको यो प्रजातान्त्रिक पद्धतिको बडघर प्रथालाई जीवन्त राख्नुपर्ने आवाज उठ्न थालेको छ । 

भलमन्सा बडघर, गुरुवा, चिराकी, अघरिया जस्ता प्रथा पुस्तान्तरण हुँदै आएपनि कतिपय वस्तीमा भने यसको पुस्तान्तरण हुन नसकिरहेको अनुभव थारु अगुवा मानबहादुर बताउँछन् । आफ्नो कार्य क्षेत्रभित्र उत्पन्न हुने झैझगडा अंशवण्डा जग्गाको साँध सिमाना, पानी कुलो, लेनदेनको विवादका विषयमा पीडित पक्षले लिखित वा मौखिक रुपमा आग्रह गरेपछि भलमन्साले बैठक गरी पीडित र पीडक पक्षको जीत जीतको सिद्धान्तअनुसार मिलापत्र गराइदिने परम्परा छ ।

पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा यो समुदायको बसोबास छ । पूर्वी तराईका कतिपय जिल्लामा यो समुदायको बसोवास रहे पनि रहनसहन, वेषभूषा, प्रचलन जिल्ला र ठाउँअनुसार केही फरक देखिन्छ । थारुहरुको माघी पर्वलाई लक्षित गरेर प्रदेश सरकारले पुुस २९ गते नै प्रदेशभर सार्बजनिक बिदा दिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE